शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नेकपा स्थायी कमिटी बैठक : १२ जनाले बोले, भोलि फेरि बस्ने

नेकपा स्थायी कमिटी बैठक : १२ जनाले बोले, भोलि फेरि बस्ने

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्यहरुले राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राखेका छन्।
 |  सोमबार, मंसिर ३०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ३०, २०७६

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्यहरुले राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राखेका छन्।

triton college

सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावमा स्थायी कमिटीका १२ जना सदस्यहरुले आफ्नो धारणा राखेका हुन्।

बैठकमा बोल्ने नेताहरुले महासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि पनि आफ्नो विचार राखेका छन्।

२० मिनेटमा नेताहरुले दुबै प्रतिवेदनमा आफ्नो धारणा राख्ने समय तोकिएको थियो।

तोकिएको समयमा नेताहरुले पार्टी संगठन सुदृढिकरण तथा सरकारको कामलाई प्रभावकारी बनाउने विषयमा बोलेका थिए।

corrent noodles
Metro Mart

सोमबार बैठकमा वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, भीम रावल, योगेश भट्टराई, पम्फा भुसाल, देवेन्द्र पौडेल, गणेश साह, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, अग्नि सापकोटा, युवराज ज्ञवाली र देव गुरुङले बोलेका थिए।

आइतबारको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव र महासचिव विष्णु पौडेलले विधान संशोधन सम्बन्धी प्रस्ताव पेश गरेका थिए।

नेकपा स्थायी कमिटीको अर्को बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ।

प्रकाशित: Dec 16, 2019| 11:33 सोमबार, मंसिर ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।