शनिबार, वैशाख १५, २०८१

'प्रदेश सरकारको सहमतिबिना गरिने लगानी अमान्य'

प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले आमकृषकलाई सहजता प्रदान गर्न सिचाईंलाई वैकल्पिक ऊर्जासँग जोड्न आग्रह गरेका छन्।
 |  सोमबार, मंसिर ३०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ३०, २०७६

जनकपुरधाम - प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले आमकृषकलाई सहजता प्रदान गर्न सिचाईंलाई वैकल्पिक ऊर्जासँग जोड्न आग्रह गरेका छन्।

triton college

सोमबार जनकपुरमा आयोजित प्रदेश २ को नवीकरणीय ऊर्जा लगानी सम्मेलनमा बोल्दै मन्त्री सोनलले प्रदेशभित्र वैकल्पिक ऊर्जाको प्रचुर सम्भावना रहेको भन्दै यसका लागि सरकार जग्गा उपलब्ध गराउन तयार रहेको बताए।

मन्त्री सोनलले प्रदेशमा कुनै किसिमको लगानी गर्नुपूर्व प्रदेश सरकारसँग सम्झौता गर्नुपर्ने समेत स्पष्ट पारे। प्रदेश सरकारसँग सम्झौता र छलफल नै नगरी गरिने कार्य आफूहरुलाई मान्य नहुने उनले बताए। प्रदेशमा लगानीको वातावरण बनाउन केन्द्र सरकारले प्रदेश र स्थानीय दुबै सरकारसँग समन्वय गर्नुपर्ने उनको भनाइ थियो।

सम्मेलनले नेट मिटरिङ्ग प्रविधिअन्तर्गत उद्योग तथा व्यवसायिक संस्थाहरुको छानामा सोलार प्रविधि जडान गरि उत्पादित ऊर्जाको आन्तरिक खपत गरि बढी भएको ऊर्जालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्दै ऊर्जा उत्पादन, मिश्रण र सुरक्षामा टेवा पुर्‍याउने अपेक्षा लिएको छ।

नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमअन्तर्गत १६ मेगावाट क्षमताको नवीकरणीय ऊर्जा उत्पादन, ९५ हजार घरधुरी, पाँच सय साना तथा मझौला व्यवसाय, दुई सय विद्यालय र स्वास्थ्य केन्द्रहरुमा नवीकरणीय ऊर्जाको पहुँच, नवीकरणीय ऊर्जामा निजी तथा सार्वजनिक तथा अन्य स्रोतमार्फत पाँच अर्ब रुपैयाँभन्दा बढी वित्तीय स्रोतको परिचालन, कार्बन उत्सर्जन न्यूनिकरणलगायतका लक्ष्य लिइएको छ।

corrent noodles
Metro Mart

भौतिक पूर्वाधार विकास मन्त्रालयका निमित्त सचिव कृष्णकुमार मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा ऊर्जा प्रवर्द्धन केन्द्रका निर्देशक रुद्रप्रसाद खनाल, डिएफआईडीका प्रतिनिधि डा.साइमन लुकास, नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमका प्रमुख डगलस हेनिरिक्सलगायतका व्यक्तिहरुले मिटरीङ्ग प्रणाली जडान तथा लगानीका विषयमा जानकारी गराएका थिए।

प्रकाशित: Dec 16, 2019| 10:30 सोमबार, मंसिर ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।