बिहीबार, वैशाख २०, २०८१

धनुषा बम विस्फोट प्रकरण: सुरक्षा चुक भएकै हो त ?

एक प्रहरी निरीक्षकसहित तीनजनाको ज्यान गएको धनुषा बम विस्फोटको घटनामा सुरक्षा चुक भएको भन्दै प्रश्न उठ्न थालेको छ ।
 |  आइतबार, मंसिर २९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २९, २०७६

जनकपुरधाम– एक प्रहरी निरीक्षकसहित तीनजनाको ज्यान गएको धनुषा बम विस्फोटको घटनामा सुरक्षा चुक भएको भन्दै प्रश्न उठ्न थालेको छ। 
बम विस्फोटमा परी प्रहरी निरीक्षकसमेतको ज्यान गएपछि सुरक्षामा कुनै लापरवाही भएको त होइन भन्ने आशंका सर्वसाधारणले गरेका हुन्।

triton college

शनिबार क्षिरेश्वर नगरपालिका महेन्द्रनगरस्थित राजेश साहको घरमा शंकास्पद बस्तु फेलापरेको सूचना पाएलगत्तै घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका ईञ्चार्ज प्रहरी निरीक्षक अमिर दाहाल, घरधनी साह र उनका उनका १५ वर्षीय छोरा आनन्दको विस्फोटमा परी मृत्यु भएको थियो।

घरको गेटमा शंकास्द झोला भुन्डिएको देखेपछि राजेश तत्काल ईलाका प्रहरी कार्यालय पुगेर खबर गरेका थिए। त्यसलगत्तै प्रहरी निरीक्षक दाहालसहितको टोली घटनास्थलमा पुगेको थियो।

तर प्रहरी निरीक्षक दाहालले घटनास्थलमा जम्मा भएको भीडलाई पञ्छाउँदै जसै बम राखिएको झोला भएको ठाउँ नजिक पुगे बम विष्फोट भयो ।
राजेश र आनन्दको घटनास्थलमै मृत्यु भयो भने गम्भीर घाइते भएको प्रहरी निरीक्षक दाहालको उपचारको लागि धरान लग्दै गर्दा बाटोमा मृत्यु भएको थियो ।

शंकास्पद बस्तु फेला परेको जानकारी नजिकै रहेको नेपाली सेनालाई दिइए पनि ब्यारेकबाट बम डिस्पोजल टोली चाँडै नपुगेकाले सुरक्षा चुक भएको हो कि भन्दै विश्लेषण सुरु भएको छ ।

corrent noodles
Metro Mart

तर धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल भने महेन्द्रनगर बम विस्फोट घटनामा सुरक्षा लापरवाही नभएको दाबी गर्छन् ।

“बम विस्फोटमा स्वयं प्रहरी निरीक्षकज्यूले ज्यान गुमाउनु भएको छ, कुनै सुरक्षा चुक भएको होइन” उनले भने, “उहाँ लगायतका सुरक्षाकर्मीहरुले त्यहाँ जम्मा भएको भीड हटाउन थाल्दै गर्दा विस्फोट भयो।” भीड नहटाइएको भए थप मानिस हाताहात हुनसक्ने कँडेलको भनाई छ।

उनले ‘रिमोट कन्ट्रोल’ प्रयोग गरेर बम विस्फोट गराइएको हुनसक्ने बताए । “बम राखिएको हल्ला चलेपछि वरिपरी ठूलो संख्यामा मानिसहरु जम्मा भइसकेको थिए, सम्भवतः त्यहाँ भीडमा रहेकाहरु मध्ये कसैले रिमोट चलाएको हुनसक्दछ,” प्रमुख जिल्ला अधिकारी कंडेलले भने।

घरको गेटमा शंकास्पद झोला देखेलगत्तै यसबारे नेपाली सेनालाई पनि खबर गरिएको कंडेलले बताए । “शंकास्पद झोला फेला परेपछि त्यहाँ पुगेको सुरक्षाकर्मीको टोलीले तत्काल नेपाली सेनालाई खबर गरेको रहेछ,” उनले भने, “सेनको बम डिस्पोजल टोली आउँदा आउँदै विस्फोट भयो । प्रहरी निरीक्षक दाहाल झोला भएको ठाउँबाट ४/५ मिटर पर हुनुहुन्थ्यो ।”

उनले बाहिर हल्ला चलेजस्तो महेन्द्रनगर बम विस्फोटको घटनामा कुनैपनि सुरक्षा चुक नभएको र दोषी चाँडै नियन्त्रणमा आउने दाबी गरे।

घटना छानबिन गर्न प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन भइसकेको भन्दै उनले दोषी उम्किन नपाउने स्पष्ट पारे ।

बम विस्फोट घटनामा प्रहरीको आशंका सुई विप्लव समूहतर्फ सोझिएको छ।

घटनामा उसको संलग्नता हुनसक्ने भन्दै प्रहरीले विप्लव समूहका प्रदेश संयोजक, एकजना केन्द्रीय सदस्यसहित तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

प्रकाशित: Dec 15, 2019| 12:34 आइतबार, मंसिर २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।