शुक्रबार, वैशाख १४, २०८१

'ठूलो आवाजसहित बम पड्कियो, म भुइँमा लडें'

धनुषाको क्षिरेश्वरनाथ-५ स्थित महेन्द्रनगरमा राजेश साहसहित उनको परिवार दिनभरको काम सकेर राति सुतिरहेको थियो। राति करिब १२ बजे पिसाब फेर्न उठेपछि घरभित्र कलसम्म पुग्ने गेटमा उनले रातो झोला झुण्डिरहेको देखे।
 |  शनिबार, मंसिर २८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २८, २०७६

जनकपुरधाम-धनुषाको क्षिरेश्वरनाथ-५ स्थित महेन्द्रनगरमा राजेश साहसहित उनको परिवार दिनभरको काम सकेर राति सुतिरहेको थियो। राति करिब १२ बजे पिसाब फेर्न उठेपछि घरभित्र कलसम्म पुग्ने गेटमा उनले रातो झोला झुण्डिरहेको देखे।

triton college

शंकास्पद झोला देखेपछि राजेश आफ्नो परिवारसहित नजिकै रहेको बाबु भिखारी साहको घर पुगे। र, त्यहाँबाट सोझै इलाका प्रहरी कार्यालय महेन्द्रनगर। प्रहरीसहितको टोली राजेशको घर पुग्यो र केहीबेरपछि बम विस्फोट भयो। विस्फोटमा राजेश र उनका १५ वर्षीय छोरा आनन्द साहको तत्काल मृत्यु भयो भने घाइते भएका प्रहरी निरीक्षक अमिर दाहालको उपचारका क्रममा धरानमा मृत्यु भयो।

घाइतेको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ। बम विस्फोटमा राजेशका बुबा भिखारी साह पनि घाइते भएका छन्। जनकपुर अस्पतालमा उपचार भइरहेका भिखारी घटनापछि निःशब्द बनेका छन्। आफूले कहिल्यै अनुमानसमेत नगरेको घटना भएको उनी बताउँछन्।

बम विस्फोटमा परि देब्रे आँखाको दृश्यशक्ति गुमाइसकेका भिखारी भन्छन्, ‘महेन्द्रनगरमा हाम्रो दुईवटा घर छन्। एउटामा हामी बस्छौं र अर्कोमा छोराबुहारी। राति घरको गेटमा झोला झुण्डिएको देखेपछि राजेश परिवारसहित हामी बस्ने घर पुग्यो। परिवारलाई राखेर इलाका प्रहरी कार्यालय पुगेर प्रहरीसहित राजेश बम भएको घर पुग्यो, केहीबेरपछि हामी पनि त्यहाँ पुग्यौं।’

गेटमा झुण्डिएको रातो झोला देखाउँदै प्रहरी निरीक्षक दाहालले ‘केही पनि होइन’ भनेको भिखारी सम्झन्छन्। ‘तर, दाहालले यसो भनेको केही सेकेण्डमै ठुलो आवाजसहित बम विस्फोट भयो’, राजेशका बुबा भिखारीले भने।

corrent noodles
Metro Mart

‘राजेश, आनन्द र दाहालजी नजिकै हुनुहुन्थ्यो हामी केही पर थियौं,’ भिखारीले भने, ‘ठूलाे आवाज आउनासाथ म बेहोस भएर भुइँमा लडें, त्यसपछि के भयो मलाई थाहा भएन।’

महेन्द्रनगरमै औषधि पसल चलाउँदै आएका राजेशसँग लेनदेनसम्बन्धी विवादका कारण यस्तो घटना घटाइएको हुनसक्ने परिवारका सदस्यहरुको आशंका छ।

प्रहरीले भने घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। तीन जनाको ज्यान जाने गरी भएको बम विस्फोटबारे आवश्यक अनुसन्धान भइरहेको घटनास्थलमा रहेका एसएसपी राजेन्द्र चौधरीले नेपाल समयलाई बताए। शक्तिशाली टाइमर बम प्रयोग गरेर घटना घटाइएको चौधरीले बताएका छन्। विस्फोट कसले र किन गरायो भन्ने विषयमा थप अनुसन्धान भइरहेको उनले बताए।

बम विस्फोटमा प्रहरी निरीक्षकसहित बाबु-छोराको मृत्यु

प्रकाशित: Dec 14, 2019| 04:59 शनिबार, मंसिर २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।