काठमाडौं- कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी र कुवेतका सहायक विदेश मामिला मन्त्री धारी अज्रान अलअज्रानबीच भेटवार्ता भएको छ। उनीहरुबीच कुवेतको विदेश मन्त्रालयमा बुधबार भेटवार्ता भएको हो।
भेटमा नेपाल तथा कुवेतमा कोरोनाको वर्तमान अवस्था, यसले पारेका असर, नेपाली कामदारहरुको हकहितलगायतका विषयमा छलफल भएको थियो।
त्यस्तै भेटमा नेपाल र कुवेतबीच आपसी सहयोग अभिवृद्धिका विविध विषयमा कुराकानी भएको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ। भेटमा नेपाली राजदूतावासका अन्य अधिकारी तथा कुवेतको विदेशमन्त्रालयका अधिकारीहरुको पनि सहभागिता रहेको दूतावासले जनाएको छ।