शुक्रबार, वैशाख १४, २०८१

कर्णालीमा कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्दै

‘प्रदेशको सहमति त ६ महिनापछि भन्ने हो तर केन्द्रको राजनीतिक घटनाक्रमले छिट्टै हुन सक्छ’, उनले भने, ‘नयाँ सहमति भयो भने सातभित्रै कांग्रेसले सरकारको नेतृत्व गर्छ।’
 |  बिहीबार, भदौ १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १७, २०७८

सुर्खेत– कर्णाली प्रदेशमा नेपाली कांग्रेसका सांसद जीवनबहादुर शाही मुख्यमन्त्री बन्न लागेका छन्। सरकारको नेतृत्वको गरिरहेको माओवादी केन्द्रका एक नेताले केही सातामा शाहीको नेतृत्वमा सरकार गठन हुने बताए। यद्यपि कहिले सरकारको नेतृत्व कहिले परिवर्तन हुन्छ भन्नेबारेमा चाहिँ उनले केही खुलाएनन्।

triton college

‘ठ्याक्कै मिति त तोकिएको छैन तर अन्डस्टाडिङ अनुसार छिट्टै सत्ताको नेतृत्व हस्तान्तरण हुन्छ’ माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले भने, ‘सहमतिअनुसार ६ महिनापछि सत्ता हस्तान्तरण भन्ने थियो, तर त्यसअघि नै सत्ता हस्तान्तरण हुन सक्छ।’ 

‘प्रदेशको सहमति त ६ महिनापछि भन्ने हो तर केन्द्रको राजनीतिक घटनाक्रमले छिट्टै हुन सक्छ’, उनले भने, ‘नयाँ सहमति भयो भने सातभित्रै कांग्रेसले सरकारको नेतृत्व गर्छ।’

पछिल्लो केन्द्रीय राजनीतिक घटनाक्रमअनुसार केही समयअघि नै सत्ता हस्तान्तरण हुन सक्ने उनको संकेत गरे। ‘प्रदेशको सहमति त ६ महिनापछि भन्ने हो तर केन्द्रको राजनीतिक घटनाक्रमले छिट्टै हुन सक्छ’, उनले भने, ‘नयाँ सहमति भयो भने सातभित्रै कांग्रेसले सरकारको नेतृत्व गर्छ।’ सहमतिअनुसार माओवादी केन्द्रले कात्तिक १५ गतेभित्र कांग्रेसलाई सत्ताको नेतृत्व हस्तान्तरण गरिसक्नुपर्नेछ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वैशाखमा विश्वासको मत लिँदा सत्तारुढ गठबन्धनबीच भएको सहमतिअनुसार कांग्रेस संसदीय दलका नेता शाहीलाई सत्ता हस्तान्तरण गर्न लागिएको बताइएको छ। स्रोतका अनुसार गत वैशाखमा कांग्रेसलाई नेतृत्व हस्तान्तरण गर्ने सहमति बनेको थियो। सोही सहमति कार्यान्वयन गर्न मुख्यमन्त्रीले राजीनामा दिने र कांग्रेस नेतृत्वमा सरकार बन्ने कांग्रेसका एक नेताले जानकारी दिए। सत्ता आदानप्रदानका लागि भएको भनिएको सहमति भने बाहिर आएको छैन।

उति बेला शाही एमालेसँगको सहमतिमा मुख्यमन्त्री बनेका थिए। गत फागुन २३ गतृ सर्वोच्च अदालतको फैसलाले नेकपाको विघटन भएसँगै एमाले र माओवादी अलगअलग पार्टीका रूपमा रुपान्तरण भएका थिए। चैत ४ मा एमालेले मुख्यमन्त्री शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

corrent noodles
Metro Mart

त्यसको एक महिनापछि ३ वैशाखमा एमालेका चार सांसदले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका थिए। एमालेले फ्लोर क्रस गर्ने चार सांसदलाई कारबाही गरिसकेको छ।

मुख्यमन्त्री शाही नेतृत्वको सरकारलाई जोगाउन माओवादी, कांग्रेस र एमालेको माधवकुमार नेपाल पक्षका सांसदबीच सहमति बनेको थियो। फ्लोर क्रस गरेका चार सांसदलाई एमालेले कारबाही गरेपछि माओवादी र कांग्रेसको संयुक्त सरकार बनाउन सहज भएको थियो। कांग्रेसका एक नेताका अनुसार सोही सहमतिअनुसार मुख्यमन्त्री फेरिन लागेका हुन्।

४० सदस्यीय कर्णाली प्रदेशसभामा ३५ सांसद छन्। एमालेका चार सांसद पदमुक्त भएका छन्। नेकपा विघटन हुँदा एमालेतिर गएका एक सांसदलाई माओवादीले पनि कारबाही गरेको छ।

नेकपा (एकीकृत समाजवादी) मा तीन सांसद गएपछि एमालेमा १३ सांसद मात्रै छन्। त्यस्तै, माओवादीका १२, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन्। सरकार गठनका लागि १८ सांसद चाहिन्छ। केन्द्रमा रहेको गठबन्धनअनुसार प्रदेशमा पनि गठबन्धनको सरकार बन्न लागेको एक सांसदले जानकारी दिए।

प्रकाशित: Sep 02, 2021| 16:22 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।