शनिबार, वैशाख १५, २०८१

पौडेल समूहले घोषणा गर्न सकेन सभापतिको उम्मेदवार

‘पार्टी बचाउन हामी एक भएर अगाडि बढ्छौं। हाम्रो एकता महाधिवेशनसम्मै अटुट रहन्छ,’ वरिष्ठ नेता पौडेलले पत्रकार सम्मेलनमा भने।
 |  बिहीबार, भदौ १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १७, २०७८

काठमाडौं– नेपाली कांग्रेसको संस्थापनइतर समूहले बिहीबार पनि सभापतिको उम्मेदवार घोषणा गर्न सकेन। पार्टी केन्द्रीय कार्यालय सानेपामा रामचन्द्र पौडेल समूहले पत्रकार सम्मेलनमार्फत सभापतिको उम्मेदवार घोषणा गर्ने बताइएको थियो । तर, पत्रकार सम्मेलनमा एउटै उम्मेदवार बनाउने मात्र जानकारी दिइयो।

triton college

‘पार्टी बचाउन हामी एक भएर अगाडि बढ्छौं। हाम्रो एकता महाधिवेशनसम्मै अटुट रहन्छ,’ वरिष्ठ नेता पौडेलले पत्रकार सम्मेलनमा भने। चार वर्षमा १४औं महाधिवेशन गरिसक्नुपर्ने भए पनि अहिलेको नेतृत्वमा उत्साह नदेखिएको उनले बताए। उनले आफूहरूले सबै पक्षलाई मिलाएर अघि बढ्ने पनि बताए। 

नेता पौडेलले सामूहिकतामा विश्वास गर्ने भएकाले आफूहरू सबै एकै ठाउँमा आएको बताए।‘‘पार्टी र लोकतन्त्र बचाउन हामी एकताबद्ध भएका हौं,’ उनले भने।

पत्रकार सम्मेलनमा महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह, डा।शेखर कोइराला, सुजाता कोइराला, अर्जुननरसिंह केसीलगायतका नेता उपस्थित थिए।


प्रकाशित: Sep 02, 2021| 15:54 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...