शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • विदेशीसँग मिलेर भाइबर, ह्‍वाट्सएप र फेसबुकबाट करोडौँ ठगी

विदेशीसँग मिलेर भाइबर, ह्‍वाट्सएप र फेसबुकबाट करोडौँ ठगी

भाइबर, ह्वाट्सएप, इमो, फेसबुकजस्ता सामाजिक सञ्जालको प्रयोग गरी चिठ्ठाको प्रलोभनमा पारेर १५ करोड बढी रुपैयाँ ठगी गर्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
 |  बुधबार, मंसिर २५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २५, २०७६

काठमाडौं- भाइबर, ह्वाट्सएप, इमो, फेसबुकजस्ता सामाजिक सञ्जालको प्रयोग गरी चिठ्ठाको प्रलोभनमा पारेर १५ करोड बढी रुपैयाँ ठगी गर्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

triton college

महानगरीय अपराध महाशाखाका अनुसार पक्राउ पर्नेमा दोलखाका ५२ वर्षीय रमेश खड्का, नवलपरासी रामग्रामका ३७ वर्षीय विश्वेश्वरप्रसाद तिवारी र सोही ठाउँका १९ वर्षीय सन्दीप कलवार छन्।

बिभिन्न ठाउँबाट पक्राउ परेका उनीहरुलाई अपराध महाशाखाले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरुको सम्बन्ध गत असोजमा सिस्टक ह्याक गरी कृषि विकास बैंक लहान शाखाको रकम लुट्ने मुख्य योजनाकार नाइजेरियन नागरिक पिटर हर्मन असेन्ज ‘काले’ र बेलायती नागरिक स्मिथ मोरिससँग रहेको प्रहरीले जनाएको छ।

‘पक्राउ परेका तीनै जनालाई पिटर र स्मिथले परिचालन गरेको देखिएको छ’ महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक सहकुल थापाले भने, ‘चिठ्ठा परेको प्रलोभन देखाएर चिठ्ठावापतको रकम पाउने प्रक्रियाका लागि रकम मागेर ठगी गरेको भेटियो।’

corrent noodles
Metro Mart

थापाका अनुसार पक्राउ परेकाहरुले विभिन्न १७ वटा बैंकहरुमार्फत १४ करोड ६७ लाख ९१ हजार रुपैयाँ संकास्पद रुपमा कारोबार गरेको भेटिएको छ। यसबाट थप बैंक तथा वित्तिय संस्था ह्याक भएको हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको थापाले जानकारी दिए। जसका लागि ४० जना नेपाली एजेण्ट खटाएको प्रहरीले अनुसन्धानका क्रममा भेटाएको छ।

नाइजेरियन, ब्रिटिश तथा भारतीय नागरिकहरु भारतको दिल्ली र मुम्बई, पाकिस्तान, चीन, तान्जेनिया, इथियोपिया तथा बेलायतमा बसी नेपालका नागरिकहरुलाई एजेण्ट बनाएर चिट्ठा परेको, पार्सल आएको भनी ठगी गर्ने र बैंक ह्याकका लागि परिचालन गर्ने गरेको पाइएको प्रहरी नायव उपरीक्षक दुर्गा दाहालले जानकारी दिए।

प्रहरीका अनुसार ठगी गरेको रकमध्ये १५ देखि २० प्रतिशतसम्म नेपाली एजेण्टले राख्ने र बाँकी रकम विभिन्न माध्यमबाट भारत पठाउने गरिएको पाइएको छ। दाहालकाअनुसार अहिलेसम्म १५ जना ठगी पीडित प्रहरीको सम्पर्कमा आएका छन्।

यसरी भयो पिटर र रमेशको भेट

बैंक ह्याक गर्ने समूहका नाइके नाइजेरियाली नागरिक पिटर र रमेश खड्काको पहिलो भेट सन् २०१० मा काठमाडौंमा भएको थियो।

प्रहरीका अनुसार खड्का ठमेलमा बुद्ध होटल (हाल ठमेल किचेन) का संचालक हुन्। पिटर नेपाल आएर खड्काकै होटलमा बसेकोले त्यहीबाट यी दुई जनाबीच चिनजान भएको थियो। पिटरले खड्कालाई ठगीको एजेन्टका रुपमा प्रयोग गरेको प्रहरीले जनाएको छ।

खड्काले ठगी गरेको रकम पठाउनका लागि आफूलगायत बिभिन्न व्यक्तिको बैंक खातामा पिटरलाई उपलव्ध गराउदै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। उनीलगायत ३४ नेपाली यस्तो ठगी धन्दामा लागेको प्रहरीले जनाएको छ।

एक महिलाले आफू ठगीमा परेको उजुरीका आधारमा खड्का समूह पक्राउ परेको हो। प्रहरीमा पुगेका १५ जना ठगी पीडितहरुले बिभिन्न व्यक्तिलाई पठाएको ७२ लाख रुपैयाँमध्ये पाँच जनाले खड्काको खातामा रकम पठाएको भेटिएको प्रहरीले जनाएको छ।

यसअघि असोज पहिलो साता कृषि विकास बैंक लहान शाखाको नाफाबाट करिब पाँच करोड रुपैयाँ व्यक्तिको खातामा ट्रान्सफर गराएर रकम निकालेको आरोपमा १८ जना पक्राउ परेका थिए।

प्रकाशित: Dec 11, 2019| 09:52 बुधबार, मंसिर २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।