बुधबार, वैशाख २६, २०८१

टिपर र मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

मकववानपुरको हेटौँडा र मकवानपुरगढी गरी दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
 |  बुधबार, मंसिर २५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २५, २०७६

हेटौँडा- मकववानपुरको हेटौँडा र मकवानपुरगढी गरी दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

triton college

मंगलबार राति हेटौँडा बजारबाट मकवानपुरगढीतर्फ जाँदै गरेको बा ४ ख ६३५५ नंको टिपरले ठक्कर दिँदा एकको मृत्यु भएको छ ।

मकवानपुरगढी गाउँपालिका–४, मक्रान्चुली नजिककै टिपरले ठक्कर दिँदा स्थानीयवासी ३४ वर्षीय दीपक पाख्रिनको घटनास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनापछि टिपर चालक फरार छन् भने टिपर प्रहरी नियन्त्रणमा छ ।

त्यस्तै मंगलबार राति नै हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

corrent noodles
Metro Mart

बाराबाट हेटौँडातर्फ आउँदै गरेको ना४२प ७५०६ नंको मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको सनाखत हुनसकेको छैन ।

सो दुर्घटनाबाट मोटरसाइकल चालकसहित दुई घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक पर्सागढी बस्ने ३० वर्षीय कञ्चन ठाकुर र चितवनको भरतपुर महानगरपालिका–१० बस्ने ३५ वर्षीया शर्मिला थापा मगर रहेका छन् ।

घाइतेमध्ये मोटरसाइकल चालक ठाकुरको अवस्था गम्भीर छ । ठाकुरको चुरेहिल अस्पतालमा उपचार हुन नसकेपछि भरतपुर अस्पताल सिफारिश गरिएको छ । रासस

प्रकाशित: Dec 11, 2019| 04:39 बुधबार, मंसिर २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।