सोमबार, चैत २४, २०७६

समाचार अर्थ

एक सातामा साढे ८ अर्बभन्दा बढीको सेयर कारोबार

1580209087nepse.jpg

लगातार उकालो लागेको धितोपत्र बजारमा यस साता नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ। साताभर बजारले उकालो यात्रा अर्थात् ‘बुलिस ट्रेन्ड’ पछ्या्यो ।
बजार उकालो लागेर डेढ वर्ष पहिलेको भन्दा माथिको अवस्थामा पुगेको छ । लगानीकर्तामा विश्वास बढ्दा बजारमा नयाँ लगानीकर्तासमेत थपिएका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर कूल १८१ कम्पनीको रु. आठ अर्ब ६९ करोड ८९ लाख ६५ हजार ४७४ मूल्य बराबरका कूल दुई करोड ५३ लाख ३३ हजार ५५९ कित्ता सेयर कारोबार भए । बजार ओरालो लागेर न्यून विन्दुमा आइपुगेको नेप्सेको उकालो यात्रासँगै कारोबारमा देखिएको यो सुधार पछिल्ला दिनको सबैभन्दा बढी हो ।

रासस

 

प्रतिक्रिया दिनुहोस्