शनिबार, वैशाख १५, २०८१

नेपाल आइडलको तेस्रो सिजन पुस पहिलो सातादेखि, रिमाको ठाउँमा माम्फी

 |  मंगलबार, मंसिर २४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २४, २०७६

काठमाडौं– नेपाल आइडल तेस्रो सिजनको प्रशारण पुस ३ गतेबाट हुने भएको छ । सिजन–३ को अडिसन राउन्डका सबै शृंखला छायांकन भने भइसकेको आयोजकले जनाएको छ।

triton college

तेस्रो सिजनमा पनि न्ह्यु बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी नै निर्णायक छन्। निर्णायक परिवर्तन नभए पनि होस्ट भने परिवर्तन हुनेछन् यसपालि। यसअघिका दुई सिजनमा होस्ट रहेकी रिमा विश्वकर्मा यो सिजनमा देखिनेछैनन् । उनी कमेडी च्याम्पियन होस्ट गरिरहेकी छन्।

पहिलो सिजनका होस्ट सुशील नेपाल पनि नेपाल आइडलमा रहनेछैनन्। सुशील भ्वाइस अफ नेपालको होस्ट र प्रोड्युसर भएका छन्। नेपाल आइडलको तेस्रो सिजनको होस्ट र आशिफ साह माम्फी घोष हुने बताइएको छ। कार्यक्रम एपीवान टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार राति साढे ८ बजे प्रशारण हुनेछ।

 

प्रकाशित: Dec 10, 2019| 10:08 मंगलबार, मंसिर २४, २०७६
प्रतिक्रिया दिनुहोस्