शुक्रबार, वैशाख १४, २०८१

‘विशेष दूतको बारेमा सल्लाहभन्दा बढी हल्ला भयो’

 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

काठमाडौं– सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतमा विशेष दूत पठाउने कुराको हल्ला बढी भएको प्रतिक्रिया दिएका छन्। आज बसेको सचिवालय बैठकका निर्णयबारे सञ्चारकर्मीहरुलाई जानकारी गराउने क्रममा उनले विशेष दूतको प्रसंगमा यस्तो बताएका हुन्।

triton college

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई विशेष दूत बनाएर पठाउने विषयमा पार्टीभित्र सल्लाह भए पनि त्यो भन्दा बढी हल्ला भएको उनले बताए ।

‘प्रधानमन्त्रीज्यूले माधवकुमार नेपाललाई पार्टीको भन्दा पनि सरकारको विशेष दूतको रुपमा अहिले देखा परेका सीमा समस्या समाधान गर्न भारत भ्रमणमा जान अनुरोध गर्नुभएको कुरा यसअघिको सचिवालय बैठकमा जानकारी गराउनुभएको थियो । त्यसबाहेक पार्टीले अरु छलफल र निर्णय गरेको छैन । यो विषय प्रधानमन्त्री र माधवकुमार नेपालको हो,’ उनले भने ।

सभामुख चयनबारे भने सचिवालय बैठकमा कुनै छलफल नभएको प्रवक्ता श्रेष्ठले बताए।

प्रकाशित: Dec 09, 2019| 11:08 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।