शुक्रबार, वैशाख १४, २०८१

कामना सेवा विकास बैंकको नयाँ शाखा मनमैजुमा

 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ३ अन्तर्गत काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. १० मनमैजुमा आफ्नो १०५ औं शाखा कार्यालय स्थापना गरी कारोबार सुरु गरेको छ ।

मनमैजु नगरपालिकाका मेयर रामेश्वर बोहरा तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका थिए । कारोबार शुभारम्भ समारोहमा बैंकका संचालक विश्वेश्वर सुवेदी, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत, नायब महाप्रबन्धक हरिप्रसाद लम्साल, कर्मचारीलगायत स्थानीयवासीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए । काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागमा १०५ वटा शाखा तथा ५४ वटा एटीएममार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित: Dec 09, 2019| 10:12 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्