शुक्रबार, वैशाख १४, २०८१

कर्मचारीतन्त्र काम गर्न बाधक : दाहाल

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कर्मचारीतन्त्रले परिवर्तन आत्मसात् नगर्दा संघीय व्यवस्थामै चुनौती देखापरेको बताएका छन्।
 |  शुक्रबार, मंसिर २०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २०, २०७६

धनगढी - नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कर्मचारीतन्त्रले परिवर्तन आत्मसात् नगर्दा संघीय व्यवस्थामै चुनौती देखापरेको बताएका छन्।

triton college

धनगढीमा सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गरेको वित्तीय सम्मेलनमा सम्बोधन गर्दै दाहालले राजनीतिक परिवर्तनसँगै पुरानो राज्यव्यवस्थामा काम गरेका कर्मचारीलाई बिदाइ गर्न नसक्नु ठूलो कमजोरी भएको बताए।

उनले व्यवस्था फेरिए पनि कर्मचारीको काम गर्न तरिका नफेरिँदा संघीय व्यवस्थामै चुनौती देखापरेको गुनासो गरे।

कर्मचारीले विभिन्न बहाना बनाएर नेताको दिमाग खराब गरिरहेको टिप्पणी गरेका दाहालले नेताले हार्ने र कर्मचारीले जित्ने अवस्था आउन नहुने पनि बताए।

दाहालले संघीयता लागू गर्ने सवालमा कर्मचारीतन्त्रबाट असहयोग भएको पनि आरोप लगाए।

corrent noodles
Metro Mart

देशले थुप्रै राजनीतिक उपलब्धि हासिल गरे पनि कर्मचारीतन्त्रलाई आफू अनुकूल चलाउन नसकिएको उनको स्वीकारोक्ति थियो। उनले कर्मचारीहरु केन्द्रीकृत मानसिकताबाट मुक्त हुन नसकेको बताए।

संघीयता कार्यान्वयनमा नजाँदा अहिले परिवर्तनकारी शक्तिहरु खुम्चिने र यथास्थितिवादीहरु हौसिने अवस्था आएको दाहलको दाबी छ।

देशको आर्थिक समृद्धिका लागि लगानीको वातावरण बन्नुपर्नेमा दाहलले जोड दिए। त्यसका लागि उद्योगी, व्यवसायीको लगानी र सुरक्षाको प्रत्याभूति राज्यले गर्नुपर्ने उनको भनाइ छ।

देशभित्रै व्यवसायी, पुँजीपति, निजी क्षेत्रलाई सकारात्मक वातावरण बनाउन सकिएन भने विदेशी लगानी भित्र्याउने कुरा कल्पनामै सीमित रहने दाहालको भनाइ छ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उधोगधन्दा सञ्चालनका लागि लगानीको वातावरण आवश्यक रहेको बताए। उनले आर्थिक रुपले पछाडि परेको सुदूरपश्चिम प्रदेशलाई सबल बनाउन सबैको भूमिका अहम् हुने बताए।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले घुम्ने कुर्सी र टेबुलमा बसेर गर्ने कामलाई मात्रै रोजगार भन्ने प्रचलनका कारण पनि बेरोजगारीको समस्या कायम रहेको बताए।

सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा सुदूरपश्चिम वित्तीय सम्मेलन सुरु भएको छ।

वित्तीय पहुँच सुनिश्चितता गर्ने उद्देश्यले ‘वित्तीय पहुँचको सुनिश्चितता, प्रदेश सरकारको प्रतिबद्धता’ भन्ने नाराका साथ आर्थिक मामिला तथा योजना मन्त्रालयले सम्मेलनको आयोजना गरेको हो।

प्रकाशित: Dec 06, 2019| 11:26 शुक्रबार, मंसिर २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।