शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • ओपोको ‘क्वालकम स्न्यापड्रागन ८६५ र ७६५’ फाइभजी स्मार्टफोन सार्वजनिक

ओपोको ‘क्वालकम स्न्यापड्रागन ८६५ र ७६५’ फाइभजी स्मार्टफोन सार्वजनिक

 |  बिहीबार, मंसिर १९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १९, २०७६

काठमाडौं– ओपोले सन् २०२० को पहिलो क्वार्टरमा क्वालकम स्न्यापड्रागन ८६५ मोबाइल प्ल्याटफर्ममा आधारित फ्ल्यागशिप फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ । डिसेम्बर ३ मा आयोजित वार्षिक क्वालकम स्न्यापड्रागन टेक समिटमा कम्पनीले उक्त फोन सार्वजनिक गरेको हो ।

triton college

ओपोका उपाध्यक्ष तथा ग्लोबल सेल्सका अध्यक्ष एलेन वुले उक्त समिटमा भने, ‘स्न्यापड्रागन ८६५ मोबाइल प्ल्याटफर्म मार्फत हाम्रा उपकरण सञ्चारित गरी हामीले हाम्रा विश्वभरका उपभोक्तालाई क्यामेरा, गेमिङ र आर्टिफिसियल इन्टेलिजेन्सी लगायतमा उत्कृष्ट अनुभवका साथै सुदृढ कार्यक्षमता पस्कँदै प्रिमियम फ्ल्यागशिप फाइभजी स्मार्टफोन पस्केका छौं । स्न्यापड्रागन ७६५ जी सुसज्जित रेनोथ्रीप्रोले प्रयोगकर्तालाई उत्कृष्ट फाइभजी कनेक्टिभिटी, क्वालकम स्न्यापड्रागन एलिट गेमिङ र अल्ट्रा थिनफर्म फ्याक्टरमा अभूतपूर्व अनुभव पस्कन सघाउने छ । भविष्यमा थप फाइभजी उत्पादनहरु पस्कँदै जाने ओपोको योजना रहेको छ ।’

रेनो फाइभजीका लागि ओपो, क्वालकम टेक्नोलोजिज र एरिक्सनलाई यही जुन महिनामा संयुक्त रुपमा ‘बेस्ट फाइभजी नेटवर्क डेभलपमेन्ट इन यूरोप’ अवार्डबाट सम्मानित पनि गरिएको थियो ।

सन् २०१८ मा ओपोले आफ्नो फ्ल्यागशिप फाइन्ड एक्स स्न्यापड्रागन ८४५ का साथमा सार्वजनिक गरेको थियो ।

 

corrent noodles
Metro Mart

प्रकाशित: Dec 05, 2019| 06:20 बिहीबार, मंसिर १९, २०७६
प्रतिक्रिया दिनुहोस्