बिहीबार, वैशाख २०, २०८१

पहिलो बिग मर्जर पूरा, ग्लोबल आइएमई सबैभन्दा ठूलो बैंक

 |  बिहीबार, मंसिर १९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १९, २०७६

काठमाडौं। ग्लोबल आइएमई बैंकले जनता बैकलाई मर्ज गराएपछि यही शुक्रबारदेखि एकीकृत कारोबार थाल्दैछ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. चीरञ्जीवी नेपालले ‘बिग मर्जर’का लागि नेपालका वाणिज्य बैंकहरुलाई ‘दबाब’ दिन थालेको करिब एक वर्षपछि मात्र यसको सुरुवातको रुपमा ग्लोबल आइएमई बैंक र जनता बैंक मर्ज हुन लागेका हुन्।

triton college

गभर्नर नेपालले गत वर्ष वाणिज्य बैंकहरुलाई बिग मर्जरका लागि निर्देशन दिएको एक हप्तापछि ग्लोबल आइएमई बैंकले जनता बैंकलाई गाभ्ने सम्झौतामा हस्ताक्षर गरेको थियो। मर्जरपछि पनि बैंकको नाम भने ग्लोबल आइएमई बैंक नै रहनेछ। ग्लोबल आइएमईका अध्यक्ष चन्द्र ढकाल सञ्चालक समिति अध्यक्ष र जनता बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षत्री हुने सहमतिमा ग्लोबल आइएमई बैंकले जनता बैंकलाई मर्ज गराएको हो।

ग्लोबल आइएमई बैंकसँग जनता बैंक मर्ज हुँदा स्वाप रेसियो १००ः८५ तोकिएको छ। यसको मतलब ग्लोबल आइएमईको १०० कित्ता सेयर बराबर जनता बैंकको ८५ कित्ता हुनेछ।

चालू आर्थिक वर्षको पहिलो तीन महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार जनता बैंकको आठ अर्ब र ग्लोबल आइएमई बैंकको १० अर्ब ४३ करोड रुपैयाँ चुक्ता पुँजी छ। एकीकृत कारोबारपछि बन्ने ग्लोबल आइएमई बैंकको कुल चुक्तापुँजी १८ अर्ब ४३ करोड हुनेछ। त्यस्तै, जनता बैंकको सम्पत्ति एक खर्ब १ अर्ब ६२ करोड र ग्लोबल आइएमईको एक खर्ब ६२ अर्ब ६७ करोड रुपैयाँ गरी दुई खर्ब ६४ अर्ब ३० करोड रुपैयाँ कुल सम्पत्ति पुग्नेछ।

जनता बैकको ९० अर्ब ६२ करोड र ग्लोबल आइएमई बैंकको एक खर्ब ४५ अर्ब ३८ करोड गरी कुल २ खर्ब ३६ अर्ब रुपैयाँ दायित्व रहेको दुवै बैंकले प्रकाशित गरेको चालू आर्थिक वर्षको पहिलो तीन महिनाको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख गरिएको छ।
दुवै बैंकको साधारणसभाले मर्जरको विशेष प्रस्तावलाई पारित गरेको थियो। हालसम्म नाफाको आधारमा हेर्दा सबैभन्दा अगाडि राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक र त्यसपछि एनआईसी एशिया बैंक छन्।

corrent noodles
Metro Mart

मर्जरपछि ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी सबैभन्दा बढी हुनेछ। चुक्ता पुँजीको हिसाबले हेर्ने हो भने ग्लोबल आइएमई बैंकले अब चुक्ता पुँजीको ३० गुणा बढी अर्थात् ५ खर्ब ५२ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार गर्न सक्छ। मर्जरपछि नाफामा ग्लोबल आइएमईले एनआइसी एसियालाई उछिने तेस्रो स्थान कब्जा गर्नेछ। अहिले नाफामा ग्लोबल ७ सातौं स्थानमा छ भने जनता २५औं स्थानमा रहेको छ।

नाफालाई छाड्ने हो भने बाँकी सूचकमा ग्लोबल आइएमई एक एक बैंक बन्नेछ। पुँजी, निक्षेप, कर्जा लगानी, शाखा कार्यालय, कर्मचारीलगायत सूचकमा ग्लोबलले सबैलाई पछि पार्नेछ। अहिले सबैभन्दा धेरै कर्जा लगानी गर्नेमा एनआईसी एशिया, राष्ट्रिय वाणिज्य र नबिल बैंक छन्।

चुँक्ता पुँजीको आधारमा अहिले नेपाल इन्भेष्टमेन्ट बैंक सबैभन्दा अगाडि छ। सो बैंकको चुक्ता पुँजी १२ अर्ब ८६ करोड रुपैयाँ छ।

 

प्रकाशित: Dec 05, 2019| 05:58 बिहीबार, मंसिर १९, २०७६
प्रतिक्रिया दिनुहोस्