शनिबार, वैशाख २२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • मौसमी प्रविधिमा नेपालको फड्को, सुर्खेतमा बन्यो अत्याधुनिक ‘राडार’

मौसमी प्रविधिमा नेपालको फड्को, सुर्खेतमा बन्यो अत्याधुनिक ‘राडार’

 |  मंगलबार, मंसिर १७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १७, २०७६

सुर्खेत– मौसमी प्रविधिमा नेपालले नयाँ फड्को मारेको छ । जल तथा मौसम विज्ञान विभागले सुर्खेतमा मौसम सम्बन्धी पूर्व जानकारी दिने राडार रातानाङ्लामा जडान गरेको हो ।

triton college

विभागका महानिर्देशक सरोजकुमार वैद्यका अनुसार यो नेपालको पहिलो र एकमात्र आधुनिक प्रविधिको राडार हो । राडारले पश्चिम नेपालको हवाई उड्डयनलाई सुरक्षित बनाउने र मौसमका बारे पूर्व जानकारी दिनेछ ।

यो राडारले वायुमण्डलको तस्बिर खिचेर कन्ट्रोलरुममा पठाउँछ र सोही तस्बिरका आधारमा प्राकृतिक प्रकोप, वर्षा, आँधी, असिना, पानी, हिमपात आदिका विषयमा पूर्व जानकारी लिन सकिन्छ ।

सुर्खेतमा जडान गरिएको राडारले १५० किलोमिटरसम्म अर्थात् कर्णाली, सुदूरपश्चिम, प्रदेश ५ र भारतको लखनउसम्मको मौसमी जानकारी दिन्छ ।

यो प्रविधि अहिलेसम्मकै वास्तविक र विश्वसनिय प्रविधि मानिएको छ । राडार बनेसँगै अनुमानित मौसमी विश्लेषण गर्ने बाध्यताको अन्त्य भएको विभागका उपमहानिर्देशक जगदीश कर्मचार्यले बताए ।

corrent noodles
Metro Mart

यसलाई पूर्ण प्रयोगमा ल्याउन अझै थुप्रै अनुसन्धान र अभ्यास बाँकी नै रहेको छ।  नेपालमा पहिलो पटक जडान भएका कारण यसको प्रविधि र संकलित तथ्यांक विश्लेषणका लागि केही समय लाग्ने विभागले जनाएको छ।
मौसमी रडारको आज ऊर्जामन्त्री वर्षमान पुनले उद्घाटन गरेका छन्।

उद्घाटन कार्यक्रममा मन्त्री पुनले राडारले हवाई यात्रा र प्राकृतिक प्रकोपबाट कर्णाली सुरक्षित हुने विश्वास गरे। जल तथा मौसम विज्ञान विभागको जलवायु प्रकोप समुत्थान निर्माण आयोजना अन्तरगत विश्व बैंकको आर्थिक सहयोगमा यो राडार जडान गरिएको हो ।

राडारले विपद न्यूनिकरण तथा व्यवस्थापन, यातायात, कृषि, पर्यटन तथा पर्वतारोहणका लागि उपयोगी सावित हुने अपेक्षा गरिएको छ।

प्रकाशित: Dec 03, 2019| 06:56 मंगलबार, मंसिर १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।