बुधबार, वैशाख २६, २०८१

ओपो रेनो टु एफ र डल्बीको संयोजन

 |  मंगलबार, मंसिर १७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १७, २०७६

काठमाडौं । ‘ओपो रेनो टु’ मिडिया, सिर्जनशिलता, मनोरञ्जन लगायतका लागि एक प्रिमियर सिरिज भएको कम्पनीले जनाएको छ । यस पक्षमा रेनो टु एफको सिनेमा स्तरको श्रव्य गुणस्तर पनि कुनै पक्षमा कम नभएको कम्पनीको दाबी छ । रेनो टु एफमा प्रयोगकर्तालाई उत्कृष्ट श्रव्य अनुभव पस्किने सोचका साथ डल्बी एट्मस, व्यवस्थित स्टेरियो स्पिकर्स र चार विशेष अडियो मोड लगायत अडियो फिचर्सको व्यवस्था गरिएको छ । रेनो टु एफमा उपलब्ध उत्साहजनक डल्बी एट्मसले प्रयोगकर्तालाई जीवन्त श्रव्य अनुभव प्रदान गर्छ ।

triton college

डल्बी एट्मसले प्रयोगकर्तालाई पूर्णरुपमा आवाजको संसारमा भुलाउने क्षमता भएको डिजिटल सराउण्ड साउन्ड मार्फत शक्तिशाली श्रव्य अनुभव प्रदान गर्छ । यसले प्रेषित गर्ने आवाजको गुणस्तर अविश्वसनिय रुपमा स्पष्ट हुनुका साथै श्रोतालाई पहिले सुन्न नसकिएका विस्तृत आवाज समेत सुन्न सघाउँछ ।

ओपो रेनो टु एफमा उत्कृष्ट मोबाइल अनुभव प्रदान गर्न ४ विशेष अडियो मोडको व्यवस्था गरिएको छ । फोनमा रहेको स्मार्ट मोडले चलिरहेका अडियो एप्लिकेसनमा आफ्नो नियन्त्रण बनाउन सघाउँछ । त्यसैगरी, मुभी, गेमिङ र म्युजिक मोड सबैमा क्रमैसँग प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार सटिक नियन्त्रण जमाउन सकुन् भन्नेतिर विशेष ध्यान दिइएको छ ।

प्रयोगकर्ताले आफ्नो पृथक आवश्यकता अनुसार फोनले सम्प्रेषण गर्ने आवाजमा आफ्नो पूर्ण नियन्त्रण राख्न सकुन् भन्नेतिर ओपो रेनो टु एफमा विशेष ध्यान दिइएको छ ।

प्रकाशित: Dec 03, 2019| 04:55 मंगलबार, मंसिर १७, २०७६
प्रतिक्रिया दिनुहोस्