शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • गढीमाईमा बलि दिन सुरु, ६५ प्रतिशत पशु भारतीय भक्तजनबाट

गढीमाईमा बलि दिन सुरु, ६५ प्रतिशत पशु भारतीय भक्तजनबाट

प्रत्येक पाँच वर्षमा आयोजना हुने बाराको गढीमाई मेलामा आजदेखि बलि दिन सुरु भएको छ। मंसिर १ गते सुरु भएको मेलामा ...
 |  मंगलबार, मंसिर १७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १७, २०७६

बारा- प्रत्येक पाँच वर्षमा आयोजना हुने बाराको गढीमाई मेलामा आज (मंगलबार) देखि बलि दिन सुरु भएको छ।

triton college

मंसिर १ गते सुरु भएको मेलामा पशु अधिकारकर्मीको विरोधका बाबजुद बलि दिन सुरू गरिएको हो। दुई दिनसम्म दिइने बलिका लागि भक्तजनले ठूलो संख्यामा राँगा, बोका तथा परेवा ल्याएको मेला व्यवस्थापन समितिले जनाएको छ।

सोमबार राति ब्रह्म स्थानमा बोका, मुसा, कुखुरा, सुंगुर, हाँस र बनारसका डोम राजाले पठाएको राँगाको बलि दिएपछि बलि खुलेको छ ।

१८ गते अन्य बलि आ–आफ्ना सुविधाअनुसार दिइने मन्दिरका पुजारी मंगल चौधरी थारुले जानकारी दिए। मेलामा बली चढाउनेमध्ये ६५ प्रतिशत पशु भारतीय भक्तजनले ल्याउने गरेको मेला व्यवस्थापन मूल आयोजक समितिले जनाएको छ।

भारतको सीतामढी, बैरगेनीया, घोडासन, आदापुर रक्सौललगायत सीमवर्ती सहरबाट बोका, मुसा, कुखुरा, सुंगुर, हाँससहित ठूलो संख्यामा भक्तजन आउँछन् । यस्तै नेपालका मध्य तथा पूर्वी तराईसहित विभिन्न जिल्लाबाट भक्तजनले गढीमाईको दर्शन गर्नेछन्।

corrent noodles
Metro Mart

मेलाको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीलाई खटाइएको बाराका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले बताए।

मेलाका लागि ७२ सदस्यीय मूल व्यवस्थापन समिति र १४ वटा उपसमिति बनाइएको छ। बलिको समयमा दसौं लाख भक्तजनले गढीमाईको दर्शन गर्ने अपेक्षा छ।

मेला व्यवस्थापन मूल समितिका महासचिव मोतीलाल कुशवाहाले पशुबलिको समयमा भक्तजनको भीड लाग्ने हुँदा त्यसैअनुसारको तयारी भइरहेको बताएका छन् । मेलामा ७० लाखभन्दा बढी भक्तजन आउने अनुमान छ।

प्रकाशित: Dec 03, 2019| 03:38 मंगलबार, मंसिर १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।