शनिबार, वैशाख १५, २०८१

सुदूरपश्चिम प्रदेशले वित्तीय सम्मेलन गर्दै

वित्तीय पहुँचको सुनिश्चितता तथा प्रदेशमा आधुनिक बैंकिङ प्रणाली लागू गर्ने उदेश्यले सुदूरपश्चिम प्रदेश सरकारले मंसिर २० गते वित्तीय सम्मेलन गर्ने भएको छ।
 |  सोमबार, मंसिर १६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १६, २०७६

धनगढी- वित्तीय पहुँचको सुनिश्चितता तथा प्रदेशमा आधुनिक बैंकिङ प्रणाली लागू गर्ने उदेश्यले सुदूरपश्चिम प्रदेश सरकारले मंसिर २० गते वित्तीय सम्मेलन गर्ने भएको छ।

triton college

आर्थिक मामिला तथा योजना मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी वित्तीय सम्मेलनबारे जानकारी गराएको हो। सम्मेलनको तयारी तीब्र पारिएको छ। ‘वित्तीय पहुँचको सुनिश्चितता, प्रदेश सरकारको प्रतिबद्धता’ भन्ने नाराका साथ वित्तिय सम्मेलन आयोजना हुने आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बताए।

‘प्रदेशमा आधुनिक बैंकिङ प्रणाली लागू गर्नको लागि यो सम्मेलन कोसेढुङ्गा सावित हुन्छ,’ मन्त्री बोहराले भने, ‘आर्थिक समृद्धिका लागि वित्तीय पहुँच अनिवार्य हुनुपर्छ।’ योसँगै बचत परिचालन गरी पूँजी निर्माण गर्ने, सम्भाव्य योजनामा कर्जा लगानी अभिवृद्धि गर्ने, उर्जा क्षेत्रमा लगानीको वातावरण सिर्जना गर्न वित्तीय सम्मेलनले सहयोग पुग्ने आयोजक सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।

सम्मेलनको उद्घाटनका लागि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढी आउने कार्यक्रम रहेको छ।

वित्तीय सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, पर्यटन मन्त्री, श्रम तथा रोजगार मन्त्री, अर्थ मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, राष्ट्र बैंकका गभर्नर, स्थानीय तहका प्रमुखहरु लगायत वित्तीय क्षेत्रमा सरोकार राख्ने सबैको सहभागिता रहने आयोजकले दाबी गरेको छ।

corrent noodles
Metro Mart

३६ लाख खर्च अनुमान गरिएको सम्मेलन मार्फत सबै स्थानीय तहमा बैंक स्थापना गर्न मद्दत पुग्ने दाबी गरिएको छ। अहिले सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये ८३ वटामा मात्र वित्तीय पहुँच पुगेको छ।

यस सम्मेलन मार्फत् धनगढी घोषणा पत्र जारी गरिने आयोजक आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।

प्रकाशित: Dec 02, 2019| 11:48 सोमबार, मंसिर १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।