शुक्रबार, वैशाख १४, २०८१

एमाले अदालतमा, बिहीबारदेखि सिनेमा घर खोल्न अनुमति [२०७८-५-१६]

नेकपा एमालेले सभामुख र निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ।
 |  बुधबार, भदौ १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १६, २०७८

काठमाडौं- नेकपा एमालेले सभामुख र निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। 

triton college

एमालेले बुधबार सर्वोच्च अदालतमा तीनवटा रिट निवेदन दर्ता गरेको हो। एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्ध रिट निवेदन दर्ता गरेको हो।

निर्वाचन आयोग विरुद्धको रिट निवेदनमा वदनियतपूर्ण र अनाधिकृत व्यक्तिहरुको हस्ताक्षरलाई मान्यता दिएको भन्दै अन्तरिम आदेश माग गरिएको छ। त्यसैगरी सभामुख अग्नि सापकोटाले कारवाही गरेका एमाले सांसदहरुको सूचना टाँस नगरेको तथा लुम्बिनी प्रदेशका सभामुखले पनि प्रदेश सांसदहरुलाई कारवाही गरेको सूचना टाँस नगरेको भन्दै रिट निवेदन दर्ता गरेको एमालेले जनाएको  छ।

माधव नेपाल नेतृत्वको नयाँ दल दर्ताका लागि दिएको निवेदनमा हस्ताक्षर गर्नेहरु ५५ जना केन्द्रीय सदस्य भनेर गरेको दावी तथ्यसंगत नभएकाले ३९ जना मात्रै भएकाले दललाई मान्यता नदिन अन्तरिम आदेशको पनि माग गरिएको छ। सर्वोच्चले रिट दर्ता गरेपनि रिट नम्बर दिन बाँकी नै रहेको जनाइएको छ। प्रमुख सचेतक भट्टराईले रिट नम्बर भोलि दिने र पर्सीलाई पेशी तोक्ने सम्भावना रहेको जानकारी दिए।

000

corrent noodles
Metro Mart

पूर्वप्रधानमन्त्री झलनाथ खनालको विदेशमा गरिएको उपचारको खर्च दिने सरकारको निर्णयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै लिखित जवाफ पनि पेश गर्न भनेको छ।  

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भारतमा उपचारका लागि गएका खनालको उपचारका लागि ३१ लाख रुपैयाँ दिने निर्णय गरेको थियो। 

मिर्गौला रोगबाट पीडित भएका खनाल उपचारका लागि असार २ गते भारतको नयाँ दिल्ली गएका थिए। उनले दिल्लीको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका थिए। खनाललाई उपचार रकम उपलब्ध गराएपछि अधिवक्ता विमल पोखरेलले विदेशमा गरिएको उपचारको खर्च राज्यकोषबाट उपलब्ध गराउनु जनस्वास्थ्य ऐन २०७५ विपरीत हुने भन्दै सरकार र नेता खनाललाई समेत विपक्षी बनाएर रिट दायर गरेका थिए।

000

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औँ महाधिवेशनको प्रक्रिया भदौ १८ गतेबाट नै शुरु हुने बताएका छन्।  

प्रवक्ता शर्माले देशभर एकसाथ वडाहरुको अधिवेशन प्रारम्भ हुने दिनबाट पार्टीको महाधिवेशनको श्रृंखला प्रारम्भ हुने बताए। १८ गतेबाट महाधिवेशन शुरु गर्ने भनिएपनि ५६ वटा जिल्लाका मात्रै क्रियाशील सदस्यहरुको सूची सार्वजनिक भएको र कोरोनाको जटिलता रहेकोले महाधिवेशनका लागि अझै केहि जटिलता रहेको बताए। समस्या भएका जिल्लामा बाहेक भने नेपाली काँग्रेसले भदौ १८ गते नै महाधिवेशनको प्रक्रिया शुरु गर्ने तयारी गरेको प्रवक्ता शर्माले जानकारी दिए। 

महाधिवेशन संयमता र हार्दिकताका साथ गर्नुपर्ने बताउँदै प्रवक्ता शर्माले कोरोनाको जोखिम भएकोले अधिवेशनमा उत्हास पूर्वक सहभागि बन्न तर भीडभाड र भेटभाट कार्यक्रममा मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरे। 

000

जनता समाजवादी पार्टीका प्रदेश नम्बर २ का ११ जना सांसद्ले  जसपा छाडेका छन्।  जसपाबाट अलग भएर उनीहरुले महन्थ ठाकुरको नेतृत्वमा गठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रवेश गरेका छन्। 

नयाँ पार्टीमा प्रवेश गरेका प्रदेश २ का ११ जना प्रदेश सभा सदस्यहरुले बुधबार निर्वाचन आयोगको कार्यालय पुगेर सनाखत गराएका छन्। निर्वाचन आयोगले नयाँ दलमा जान चाहने जनप्रतिनिधिहरुलाई भदौ २२ गतेसम्मको समय दिएको छ। 

लोसपाको पक्षमा जसपा छोडेर ११ जना प्रदेशसभा सदस्यहरुले आज सनाखत गराएको र बाँकी रहेका प्रदेश सभा सदस्यहरुले बिहीबार सनाखत गराउने लोसपाका नेता जितेन्द्र सोनलले जानकारी दिए। लोसपाको पक्षमा सनाखत गर्ने प्रदेशसभा सदस्यहरुमा सुरिता साह, जयनुल राइन, बबिता चौधरी, निलम देवी भूमिहारिन, अलका झा, गौरीनारायाण साह, जानकीशरण साह, परमेश्वर साह, रमेशप्रसाद कुर्मी, बाबुलाल साह र उपेन्द्र महतो रहेका छन्। 

प्रदेश २ को प्रदेशसभामा तत्कालिन समाजवादी पार्टीबाट ३० र तत्कालिन राजपाको तर्फबाट २५ गरी ५५ जना सदस्य छन्।

000

काठमाडौं उपत्यकामा ५ महिनादेखि जारी निषेध आदेश हटेको छ। उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले ५ महिनादेखि जारी निषेध आदेश हटाउने निर्णय गरेको हो। 

निषेध आदेश खुलेपनि केहि क्षेत्र भने अझै बन्द गर्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। उनका अनुसार निषेध शब्द हटाएर जारी आदेश मात्रै बनाइएको र यो आदेश भदौ १७ गतेदेखि भाद्र मसान्तसम्म लागु हुनेछ। 

निषेध आदेशको स्वरुपमा परिवर्तन गर्दै जिल्ला प्रशासन कार्यालयहरुले विद्यालय खोल्न सकिने संकेत गरेका छन्। अब स्मार्ट लकडाउनको प्रावधान भित्र रहेर कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चाचालन गर्न पाइने निर्णयमा उल्लेख छ। त्यस्तै सबै किसिमका पसल, रेष्टुरेन्ट, होटल लगायत व्यवसायहरू सञ्चालन गर्न पाइने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए। 

काठमाडौं उपत्यकाका फिल्म हलहरु पनि भोलिदेखि खोल्न पाइने भएको छ। स्वास्थ्य मापदण्ड पालना गर्दै फिल्म हल खुलाउन अनुमति दिइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए। ढुवानीको हकमा भने प्रशासनले समय सीमा तोकेको छ। स्थानीय ढुवानीको हकमा बिहान बिहान ९ बजेदखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखदि ७ बजे सम्म गर्न पाइनेछ। 

000

पछिल्लो २४ घण्टामा देशभर २ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  

यस्तै बितेको २४ घण्टामा २० जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बुधबारको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो। बितेको २४ घण्टामा १४ हजार ९३५ जनामा कोरोना परीक्षण भएको थियो।  

यसैगरी सोही अवधिमा ३ हजार ३० जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार बुधबार १४ हजार ९३५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा १० हजार ६१२ जनाको पिसिआर र ४ हजार ३२३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

000

संसदीय समितिले दिगो विकास लक्ष्य प्राप्तिका संभाव्य सबै वित्तिय स्रोत परिचालन गर्ने गरि आवश्यक नीतिगत व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।

संघीय संसद, राष्ट्रियसभा अन्र्तगतको दिगो विकास तथा शुसासन समितिको सिहदरबारमा बुधबार बसेको बैठकले स्रोत परिचालनको उपायहरु पहिचान गरि आवश्यक व्यवस्था गर्न निर्देशन दिएको हो। दिगो विकास लक्षलाई स्थानीयकरण गर्ने कार्यमा सबै तहका सरकारको स्वामित्व कायम रहने गरि काम गर्ने व्यवस्था मिलाउन पनि समितिले भनेको छ।  त्यसैगरी समितिले योजना निर्माणका संरचनामा पनि आवश्यक फेरबदल गरि स्थानीय सरकारहरुलाई सहभागी गराउन निर्देशन दिएको सभापति तारादेवी भट्टले जानकारी दिइन्। 

समितिले बुधबार दिगो विकास लक्ष्य हासिलमा कोभिड महामारीले पारेको असर तथा राष्ट्रिय प्राथमिकता निर्धारण गर्दा अनुसरण गर्नुपर्ने विषयबारे विषय विज्ञसंग छलफल गरेको छ। छलफलमा अर्थ राजनीतिक विश्लेषक डाक्टर अच्युत वाग्लेले संघीय संरचना अनुसार स्थानीय र प्रादेशिक तहमा प्राकृतिक स्रोत साधन तथा वित्तको हस्तान्तरण नभएसम्म विकासको लक्ष्य हासिल गर्न नसकिने बताए। राष्ट्रिय योजना आयोगले नै सबै क्षेत्रलाई हेर्ने र प्रदेश र स्थानीय तहलाई वित्तिय संघीयता चलाउन नदिने हो भने दिगो विकासका लक्ष्य हासिल गर्न कठिन हुने उनको भनाइ छ। 

कोभिड महामारीले पारेको बहुआयामिक असरका बीच दिगो विकास लक्ष्य हासिलका लागि राज्यले गर्नुपर्ने पहल, नीतिगत व्यवस्था तथा आवश्यक कार्ययोजनाका विषयमा समितिले बुधबार प्रदेश सांसदहरुसंग क्षेत्रगत अवस्थाका बारेमा पनि जानकारी लिएको थियो। 

अब अन्तर्राष्ट्रिय समाचार 

अफगानिस्तानमा रहेका आफ्ना नागरिक तथा अफगानहरुको उद्धारको व्यवस्था मिलाउने सम्बन्धमा बेलायतले तालिबानसँग वार्ता थालेको छ। 

बेलायती अधिकारी र तालिबानका शीर्ष सदस्यबिच वार्ता कुराकानी भइरहेको बेलायती प्रधानमन्त्री कार्यालयले जनाएको छ। वार्ता कतारको दोहामा भइरहेको हो। अफगानिस्तानमा अझै पनि १५०– देखि २५० जना व्यक्ति र उनीहरुका परिवार रहेको बेलायती रक्षा मत्रीले सांसदहरुलाई जानकारी गराएको बिबिसीले उल्लेख गरेको छ। तालिबानले देश छोड्न चाहने योग्य व्यक्तिहरुलाई जान दिने बताएको छ। 

यसैबिच भारत र तालिबानबिच पनि दोहामा वार्ता भएको छ। भारतको विदेश मन्त्रालयले त्यसको पुष्टि गरेको छ। अफगानिस्तानमा रहेका भारतीयको सुरक्षित उद्धारका सम्बन्धमा कुराकानी भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। 

यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने निर्णयको पुनः बचाउ गरेका छन्। अफगानिस्तानमा २० वर्ष लामो अमेरिकी उपस्थिति पूर्णरुपमा अन्त्य भएको भोलिपल्ट राष्ट्रका नाममा सम्बोधन गर्दै अझै त्यहाँ बसिरहनुको अर्थ नभएको जिकिर गरेका हुन्। अचानक अमेरिकी फौज फिर्ता गरेपछि देशभित्र र अमेरिकी साझेदार राष्ट्रबाट बाइडेनले चर्को आलोचना खेप्नुपरेको छ। अमेरिकी सेना बाहिरिएको ११ दिनभित्र तालिबानले पूरै देश नियन्त्रणमा लिन सफल भएको थियो।

प्रकाशित: Sep 01, 2021| 22:28 बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।