शुक्रबार, वैशाख १४, २०८१

महन्थ ठाकुरको गाउँपालिकामा नेकपा उम्मेदवार विजयी

महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष नेकपाका विक्रम चौधरी निर्वाचित भएका छन्।
 |  आइतबार, मंसिर १५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १५, २०७६

जनकपुरधाम- महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष नेकपाका विक्रम चौधरी निर्वाचित भएका छन्।

triton college

संघीय समाजवादी पार्टीका रामजानकी यादवलाई २०८ मतले पराजित गर्दै नेकपाका चौधरी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्।

चौधरीले ३ हजार ३ सय ४६ मत ल्याउँदा समाजवादी पार्टीका रामजानकीले ३ हजार ३८ मत पाएका छन्।

यसैगरी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालकी रविता चौधरीले २ हजार ४९ नेपाली कांग्रेसका विजय यादवले १ हजार ९ सय ३५ मत पाएका छन्।

गत स्थानीय तह निर्वाचनमा तत्कालीन एमालेबाट चुनाव लडेका चौधरी झिनो मतको अन्तरले राजपासँग पराजित भएका थिए। पिपरा गाउँपालिका राजपाको गढको रुपमा चिनिन्छ।

corrent noodles
Metro Mart

शनिबार राति करिब साढे ११ बजे मतगणना सुरु भएदेखि आइतबार बिहानसम्म राजपाकी रविताले अग्रता कायम गरेकी थिइन्।

तर आइतबार मध्यान्हसम्म आइपुग्दा रवितालाई नेकपाका चौधरीले उछिनेका थिए। केहीबेरपछि झिनो अग्रता लिए पनि समाजवादी पार्टीको मत बढ्न थालेपछि राजपा तेस्रो स्थानमा पुगेको हो।

यसअघि राजपाबाट अध्यक्षमा निर्वाचित विनोद चौधरीको गत वैशाखमा निधन भएपछि पिपरा गाउँपालिकामा निर्वाचन भएको हो। राजपाले चौधरीकी पत्नीलाई अध्यक्षका लागि उम्मेदवार बनाएको थियो।

पिपरा उपनिर्वाचनलाई प्रतिष्ठासँग जोडेर हेरेका राजनीतिक दलका शीर्ष नेताहरु आ–आफ्नो उम्मेदवारलाई जिताउन जोडतोडले लागेका थिए।

उपनिर्वाचनमा प्रचार–प्रसारका लागि नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, उपप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राजपाका महन्थ ठाकुर, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतदेखि प्रदेशका विभित्र मन्त्रीहरु यहाँ पुगेका थिए।

प्रकाशित: Dec 01, 2019| 12:06 आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।