शनिबार, वैशाख १५, २०८१

प्रदेश १ मा दस जनप्रतिनिधि चुन्न मतदान हुँदै

प्रदेश १ मा १० जनप्रतिनिधि चुन्न उपनिर्वाचन जारी छ। ३ स्थानीय सरकार प्रमुख र ७ वडा अध्यक्ष चुन्न बिहान ७ बजेबाट मतदान भइरहेको हो।
 |  शनिबार, मंसिर १४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १४, २०७६

इटहरी - प्रदेश १ मा १० जनप्रतिनिधि चुन्न उपनिर्वाचन जारी छ। ३ स्थानीय सरकार प्रमुख र ७ वडा अध्यक्ष चुन्न बिहान ७ बजेबाट मतदान भइरहेको हो। सुनसरीको धरान उपमहानगरपालिका, संखुवासभाको मकालु गाउँपालिका र पाँचथरको फाल्गुनन्द गाउँपालिका प्रमुखसहित अन्य सात वडा अध्यक्षको लागि चुनाव भैरहेको हो।

triton college

२०७४ पुस ३० मा मकालु गाउँपालिका अध्यक्ष खड्ग बहादुर कट्वाल, २०७५ श्रावण १ मा धरानका मेयर तारा सुब्बा र २०७५ माघ २६ मा फाल्गुनन्द गाउँपालिका प्रमुख अमर बहादुर नेम्बाङको निधन भएकोले उपनिर्वाचन भएको हो।

उपनिर्वाचन हुने वडा अध्यक्ष पदहरुमा संखुवासभाको खादवारी नगरपालिका ३, पाँचथरको हिलिहाङ गाउँपालिका ७, धरान उपमहानगरपालिका ७, मोरङको धनपालथान गाउँपालिका २ रहेका छन्। संखुवासभाको खादवारी गाउँपालिका ३ का अध्यक्ष तोयानाथ ढुङ्गानाको २०७४ फागुन १३, हिलिहाङ ७ का अध्यक्ष तिर्थराज तिम्सिनाको २०७४ चैत १६, धरान ७ का अध्यक्ष भुवन मोक्तानको २०७५ जेष्ठ २ र २०७५ जेष्ठ २५ मा धनपालथान २ अध्यक्ष बलिराम भगतको मृत्यु भएपछि उपनिर्वाचन भएको हो।

यसैगरी, पाँचथरको फिदिम नगरपालिका १, भोजपुरको पौवादुम्मा गाउँपलिका १ र खोटाङको साकेला गाउँपालिका ३ मा पनि उपनिर्वाचन हुँदैछ। २०७६ बैशाख ९ मा साकेला गाउँपालिका ३ अध्यक्ष मणिकुमार राई, २०७६ श्रावण ६ मा पाँचथरको फिदिम गाउँपालिका १ का अध्यक्ष हर्क मोक्तान र २०७६ श्रावण १६ मा भोजपुरको पौवादुम्मा गाउँपालिका १ का अध्यक्ष रुद्र बहादुर पान्डेको निधन भएकोले उपनिर्वाचन हुँदैछ।

प्रदेश १ का १० जनप्रतिनिधिको लागि आज भएको उपनिर्वाचनमा १ सय ५४ मतदान केन्द्र छन्। सबै मतदान केन्द्रमा पर्याप्त सुरक्षा भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक शेखर कोइरालाले बताए।

प्रकाशित: Nov 30, 2019| 04:16 शनिबार, मंसिर १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।