शुक्रबार, वैशाख १४, २०८१

लागुऔषध किनबेच हुँदैगर्दा प्रहरी पुगेपछि...

बिहानको करिब ११ बजे। वीरेन्द्रनगर-१० स्थित दिपचन्द्र होटलको कोठा नम्बर १०६।
 |  शुक्रबार, मंसिर १३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १३, २०७६

triton college
corrent noodles
Metro Mart

सुर्खेत - बिहानको करिब ११ बजे। वीरेन्द्रनगर-१० स्थित दिपचन्द्र होटलको कोठा नम्बर १०६। जहाँ लागुऔषधको मोलमोलाई चलिरहेको थियो। करिब दुई केजी अर्थात १ केजी ९ सय ३० ग्राम लागुऔषध (चरेस) को किनबेचको अन्तिम तयारीमा थियो। तर, खरिदबिक्री हुन नपाउँदै जब प्रहरी कोठामा पुग्यो खरिदबिक्रीका लागि तयार भएका उनीहरु आत्तिए। प्रहरी नै त्यहाँ पुगेपछि किनबेच हुन नपाउँदै उनीहरु प्रहरीको फन्दामा परे।

लागुऔषध किनबेच हुँदै गरेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले जाजरकोट जुनिचाँदे गाउँपालिका-९ का नैनबहादुर शाही, सुर्खेतको वीरेन्द्रनगर-१२ का तुलसा शाही र जुम्लाको तातोपानी गाउँपालिका-७ का नैन शाहीलाई पक्राउ गरेको छ।

जाजरकोटका शाहीले गाउँबाट बिक्री गर्नका लागि लागुऔषध सुर्खेत ल्याएका थिए। पक्राउ परेका तीन जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ। उनीहरु लागुऔषधको कारोबार गिरोह नै हुनसक्ने सुर्खेतका डीएसपी रवि रावलले बताए।

प्रकाशित: Nov 29, 2019| 13:20 शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।