बिहीबार, वैशाख २०, २०८१

इजरायलको रोजगारीका लागि भाषा परीक्षा भदौ २८ मा

रोजगारीका लागि इजरायल जान इच्छुक आवेदकको लिखित परीक्षाका लागि वैदेशिक रोजगार विभागले मिति तोकेको छ। आवेदन फर्म भरी दरखास्त स्वीकृत भएका आवेदकको भाषा परीक्षाका लागि मिति तोकिएको हो।
 |  बुधबार, भदौ १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १६, २०७८

काठमाडौं– रोजगारीका लागि इजरायल जान इच्छुक आवेदकको लिखित परीक्षाका लागि वैदेशिक रोजगार विभागले मिति तोकेको छ। आवेदन फर्म भरी दरखास्त स्वीकृत भएका आवेदकको भाषा परीक्षाका लागि मिति तोकिएको हो।

triton college

इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिका, २०७८ बमोजिम अंग्रेजी भाषाको लिखित परीक्षा भौतिक उपस्थितिमै हुनेछ। परीक्षा काठमाडौंका विभिन्न केन्द्रमा भदौ २८ गते सोमबार दिउँसो १ बजेदेखि हुनेछ। परीक्षाको समय २ घण्टाको हुने विभागले जनाएको छ। 

परीक्षार्थीहरु तोकिएको समयभन्दा तीन घण्टा अगावै परीक्षा केन्द्रमा पुग्नुपर्नेछ। विभागले कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर परीक्षामा सहभागी हुन अनुरोध गरेको छ।

परीक्षामा सहभागी हुन यसअघि अनलाइन आवेदन दिएर दरखास्त स्वीकृत भएको हुनुपर्नेछ। दरखास्त स्वीकृत भए–नभएको जानकारी आवेदनकर्ताले अनलाइनमै लगइन गरेर हेर्न सक्छन्। परीक्षामा सहभागी हुन अनलाइनबाटै प्रवेशपत्र पाउनुका साथै प्रवेशपत्रमै परीक्षा केन्द्रको जानकारी पनि उल्लेख हुने विभागले जनाएको छ। 

सरकारले इजरायल रोजगारीका लागि साउन १२ देखि ३२ गतेसम्म अनलाइन आवेदन दिन पाउने व्यवस्था गरेको थियो। त्यस क्रममा ९ हजार ६९९ नेपाली नागरिकले आवेदन दिएका थिए।

corrent noodles
Metro Mart

प्रकाशित: Sep 01, 2021| 18:33 बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्