शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • खाजासहित विद्यालय पठाउने विद्यार्थीका अभिभावकलाई दैनिक १५ रुपैयाँ

खाजासहित विद्यालय पठाउने विद्यार्थीका अभिभावकलाई दैनिक १५ रुपैयाँ

 |  बिहीबार, मंसिर १२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १२, २०७६

triton college
corrent noodles
Metro Mart

अमरगढी । दिवा खाजासहित विद्यालय पठाउने विद्यार्थीका अविभावकलाई दैनिक १५ रुपैयाँ दिइने भएको छ । अमरगढी नगरपालिकामा दैनिक दिवा खाजासहित विद्यालय पठाउने विद्यार्थीका अविभावकलाई दैनिक १५ रुपैयाँका दरले भुक्तानी दिने गरेको अमरगढी नगरपालिकाले जनाएको छ ।

नगरपालिकाभित्रका २७ विद्यालयका बालविकासदेखि ५ सम्मका एक हजार ८२५ विद्यार्थीलाई दैनिक उक्त सेवा उपलब्ध गराउने गरेको जनाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आर्थिक सहयोगमा कक्षा ५ सम्मका विद्यार्थीलाई एक आर्थिक वर्षको १८० दिनसम्म सो सुविधा दिने व्यवस्था अनुसार नगरपालिकाका विद्यालयमा दिवा खाजा कार्यक्रम मङ्सिर १ गतेबाट शुरु गरिएको नगरपालिकाका शिक्षा प्रमुख शाखा अधिकृत हेमन्त पन्तले बताए ।

विद्यार्थीले टिफिनमा मकै, चिउरा, चना, आलु, खिचडी, पुरी तरकारी, साग, रोटी र जाउलो जस्ता खाजाका परिकार दैनिकरुपमा ल्याउनेगरी गरी पहिलो चरणमा अभिभावकको भेला गरी दिवा खाजा अभियान शुरु गरिएको उनले बताए ।

अमरगढी–७ को उग्रतारा मावि कक्षा ५ मा अध्ययनरत छात्रा आशा रैकालले अहिले दैनिक आमाले खाजाको टिफिन तयार गरेर विद्यालय पठाउने गरेकाले दिनभरि अध्ययनमा रुचि रहने गरेको बताइन् । यस्तै दिवा खाजा कार्यक्रम शुरु भएयता विद्यालयमा आउने विद्यार्थीको उपस्थितिमा निकै बढेको शम्भुनाथ आधारभूत विद्यालय अमरगढी–६ का शिक्षक भक्त विकले बताए ।

पहिले ७० देखि ८० प्रतिशत विद्यार्थी दैनिक उपस्थित हुने गरेपनि अहिले दैनिक शतप्रतिशतसम्म विद्यार्थी उपस्थित हुने गरेको उनले बताए । बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थी नै कम उपस्थित हुने भएकाले अहिले उनीहरुलाई प्रोत्साहनस्वरुप दिवा खाजा भएको शिक्षक विकले बताए ।
रासस

प्रकाशित: Nov 28, 2019| 09:30 बिहीबार, मंसिर १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।