शनिबार, वैशाख १५, २०८१

बुद्ध एयरले कोलकाता उडान बन्द गर्ने

 |  मंगलबार, मंसिर १०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १०, २०७६

काठमाडौं । भारतका दुई शहरलाई अन्तर्राष्ट्रिय उडान गन्तव्य बनाएर उडान गर्दै आएको बुद्ध एयरले कोलकाता उडान बन्द गर्ने भएको छ ।

triton college

कोलकाता उडान शुरु गरेको ६ महिनामै १० करोड भन्दा बढी नोक्सान भएपछि उडान बन्द गर्ने तयारी गरिएको बुद्ध एयरले जनाएको छ ।

कम्पनीका बजार व्यवस्थापक रुपेश जोशीले यही मङ्सिर १६ गते कोलकाता उडानको अन्तिम दिन हुने जानकारी दिए । नेपालबाट कोलकाता उडान राम्रो भए पनि कोलकाताबाट नेपाल आउने यात्रुको सङ्ख्यामा वृद्धि हुन नसक्दा भ्रमर्ण वर्षको सङ्घारमा उडान बन्द गर्नुपरेको बुद्ध एयरले जनाएको छ ।

कोलकाता उडान बन्द भए पनि बनारस उडान भने बन्द नहुने बजार निर्देशक जोशीले जानकारी दिए । कोलकाता उडान बन्दका लागि बुद्धले नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) र भारतको सिभिल एभिएसनलाई सूचना गरिसकेको जनाएको छ ।

बुद्ध एयरले गत जेठ १३ गतेदेखि एटिआर ७२–५०० विमानबाट काठमाडौँ–कोलकाता उडान शुरु गरेको थियो । सातामा तीन दिन सोमबार, बुधबार र शुक्रबार गरी ६ महिनामा १५० उडानमार्फत ६ हजार यात्रुलाई सेवा प्रवाह गरेको जनाएको छ ।

corrent noodles
Metro Mart

रासस

प्रकाशित: Nov 26, 2019| 08:43 मंगलबार, मंसिर १०, २०७६
प्रतिक्रिया दिनुहोस्