शुक्रबार, वैशाख १४, २०८१

सम्पर्कविहीन स्वास्थ्य सचिव डब्लूएचओमा जागिरे !

पदबाट राजीनामा दिएर सम्पर्कविहीन भएकी उनले नयाँदिल्लीस्थित डब्लूएचओको दक्षिण एसियाली क्षेत्रीय कार्यालयमा वरिष्ठ अफिसरमा नाम निकालेकी छन्।
 |  मंगलबार, मंसिर १०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १०, २०७६

काठमाडौं– एक महिनादेखि सम्पर्कविहीन रहेकी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरी विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) मा जागिर खान गएको खुलासा भएको छ।

triton college

पदबाट राजीनामा दिएर सम्पर्कविहीन भएकी उनले नयाँ दिल्लीस्थित डब्लूएचओको दक्षिण एसियाली क्षेत्रीय कार्यालयमा वरिष्ठ अफिसरमा नाम निकालेकी छन्। उनले त्यहाँ मासिक १६ लाख रुपैयाँ तलब पाउने बताइएको छ ।

आफ्नो कार्यकाल दुई वर्षभन्दा बढी बाँकी छँदै उनले गएको कात्तिक १३ गते पदबाट राजीनामा दिएकी थिइन्। तर उनको उनको राजीनामा मन्त्रिपरिषद्ले अस्वीकृत गर्दै फिर्ता मन्त्रालयमा पठाएको थियो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले राजीनामा पेस गरेपछि सचिव चौधरी सम्पर्कमा नआएको बताएका छन्। चौधरीलाई राजीनामा अस्वीकृत भएको जानकारी इमेलमा पठाइएको श्रेष्ठले बताए। डा. चौधरीको मोबाइल स्विच अफ छ।

प्रकाशित: Nov 26, 2019| 07:03 मंगलबार, मंसिर १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।