शनिबार, वैशाख २२, २०८१

सरकार भब्य सफल, मन्त्री कसरी असफल ?

संसद्मा मात्र होइन संविधान दिवसका दिन टुँडिखेलबाट सम्बोधन गर्दै प्रधानमन्त्रीले जुन–जुन कामका लागि आत्मप्रशंसा गरेका थिए तिनै काम गर्ने मन्त्रीलाई भने अयोग्य साबित गर्दै बिदा गरेका छन् ।
 |  बिहीबार, मंसिर ५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ५, २०७६

काठमाडौं- राजधानीबाट प्रकाशित बिहीबारका राष्ट्रिय दैनिक अखबारहरुले मन्त्रीहरु फेरबदल भएको र पुष्पकमल दाहाल प्रचण्डलाई नेकपाको कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको विषयलाई मुख्य समाचार बनाएका छन् ।

triton college

प्रधानमन्त्री केपीशर्मा ओलीले बुधबार बेलुका ९ जना मन्त्री फेर बदल गरेका छन् ।

गतिलो काम गर्न नसकेको भन्दै उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मातृका यादव, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई मन्त्रीबाट हटाइएका छन् ।

यस्तै पर्यटन राज्यमन्त्री धनबहादुर बुढा, कृषि राज्यमन्त्री रामकुमारी चौधरी र स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादव हटाइएका छन् ।

उनीहरूको ठाउँमा बसन्त नेम्वाङ, हृदयश त्रिपाठी, पार्वत गुरुङ, घनश्याम भुषाल र लेखराज भट्ट मन्त्रीका रुपमा नियुक्त भएका छन् । मोती दुगड, रामबीर मानन्धर र नवराज रावतलाई राज्यमन्त्रीमा नियुक्त गरिएको छ ।

corrent noodles
Metro Mart

यसैविषयलाई मुख्य समाचार बनाउँदै नागरिक दैनिकले मन्त्रिपरिषद् पुनर्गठन, नौ जना थपिए शीर्षकमा खबर लेखेको छ । कान्तिपुर दैनिकले मन्त्रिपरिषदमा हेरफेर, यी हुन नयाँ अनुहार शीर्षकमा खबर छापेको छ । अन्नपूर्णले ६ मन्त्री, ३ राज्यमन्त्री फेरिए शीर्षकमा खबर लेखेको छ ।

नयाँ पत्रिका दैनिकले भने प्रधानमन्त्रीले गरेको मन्त्री फेरबदललाई उनको भाषण र सरकारको सफलताको दाबीसँग जोडेर खबर लेखेको छ । सरकार भब्य सफल, मन्त्री असफल शीर्षकमा खबर छापेको छ ।

उसले लेखेको छ– संसद्मा मात्र होइन संविधान दिवसका दिन टुँडिखेलबाट सम्बोधन गर्दै प्रधानमन्त्रीले जुन–जुन कामका लागि आत्मप्रशंसा गरेका थिए तिनै काम गर्ने मन्त्रीलाई भने अयोग्य साबित गर्दै बिदा गरेका छन् । यसको प्रस्ट सन्देश छ– आफैँले प्रस्तुत गरेका सफलताका सूचकमा प्रधानमन्त्री स्वयंलाई शंका छ ।

महासेठले सम्हालेको मन्त्रालयबाट सडक पूर्वाधारमा भएको व्यापक सुधार, विष्टले समालेको मन्त्रालयबाट नयाँ युगको सुरुवात भन्दै सामाजिक सुरक्षा कार्यक्रम, पण्डितले सम्हालेको मन्त्रालयबाट जटिल मानिएको कर्मचारी समायोजन, यादवले सम्हालेको मन्त्रालयबाट दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइको काम सम्पन्न भएको दाबी गर्दै प्रधानमन्त्रीले सरकार सफल भएको बताउँदै आएका थिए ।

मन्त्री हेरफेरसँगै आजका पत्रपत्रिकाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू ५ वर्ष नै प्रधानमन्त्री बन्ने गरि पार्टीको कार्यकारी जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुम्पिएको विषयलाई पनि प्राथमिकताका साथ छापेका छन् ।

कान्तिपुर दैनिकले ओलीलाई सरकार, दाहाललाई दल शीर्षकमा मुख्य समाचार लेखेको छ । अन्नपूर्ण पोस्ट्ले दाहाल कार्यकारी, ओली पाँचै वर्ष प्रधानमन्त्री शीर्षकमा खबर छापेको छ ।

 

प्रकाशित: Nov 21, 2019| 01:50 बिहीबार, मंसिर ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।