शनिबार, वैशाख २२, २०८१

उपसभामुख तुम्बाहम्फेले राजीनामा गर्न मानिनन्

मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरिरहेका प्रधानमन्त्री केपीशर्मा ओली र उपसभामुख शिवमाया तुम्हाम्फेबीच भेटवार्ता भएको छ।
 |  बुधबार, मंसिर ४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ४, २०७६

काठमाडौं– मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरिरहेका प्रधानमन्त्री केपीशर्मा ओली र उपसभामुख शिवमाया तुम्हाम्फेबीच भेटवार्ता भएको छ।

triton college

यसअघि उपसभामुख तुम्बाहम्फेलाई राजीनामा गराएर मन्त्री बनाउने विषयमा नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल भएको थियो। आज सोही बमोजिम प्रधानमन्त्री ओलीले उपसभामुखलाई राजीनामा गर्न भनेको बुझिएको छ।

तर, अहिले सभामुखको पद रिक्त भएका बेला उपसभामुखले पदबाट राजीनामा गर्न नमिल्ने भन्दै तुम्हाम्फेले यसबारे हतार नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेको उपसभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार उपसभामुख तुम्बाहम्फेले यसबारे प्रधानमन्त्रीसँग पछि छलफल गर्ने बताएकी छन् ।

यसअघि तुम्बाहम्फेले आफू सभामुख बन्नेबाहेक अन्य शर्तमा राजीनामा नगर्ने बताउँदै आएकी थिइन् ।

corrent noodles
Metro Mart

प्रकाशित: Nov 20, 2019| 09:01 बुधबार, मंसिर ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।