शनिबार, वैशाख १५, २०८१

सस्तोमा प्याज किन्न पुस पर्खनुपर्ने !

बांग्लादेशकी प्रधानमन्त्री शेख हसिनाले आफूले प्याज खानै छोडेको बताएकी छन्।
 |  बुधबार, मंसिर ४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ४, २०७६


काठमाडौं - प्याजमा पाइने रसायन ‘साइन प्रोपेन्थियल एस अक्साइड’ ले आँखा पोल्छ र आँसु आउँछ।  तर, अहिले प्याजको भाउ नै आँसु झार्ने गरी महंगो भएको छ।

नेपालको आन्तरिक उत्पादनले प्याजको माग धान्दैन। काठमाडौं उपत्यकामा यतिबेला प्याजकाे खुद्रा मूल्य १८५ रुपैयाँसम्म पुगेकाे छ।

triton college

यहाँ खपत हुने अधिकांश प्याज भारतबाट निर्यात हुन्छ। तर, भारतमा प्याजको उत्पादन कम भएर मूल्य अकासिएपछि त्यहाँको सरकारले प्याज निर्यातमा रोक लगाएको छ। भारत एसियाकै सबैभन्दा ठूलो प्याज निर्यातकर्ता हो।

गर्मीमा उत्पादन हुने प्याज बेमौसमी वर्षाका कारण कुहिएको, वर्षा र बाढीले अवरोध गर्दा बजारमा पुग्न ढिलो भएकाले भारतमा प्याजको भाउ बढेको हो।

नेपालमा जस्तै बांग्लादेश, श्रीलंका र पाकिस्तानमा पनि प्याजको भाउ चर्केकै छ। आन्तरिक उत्पादनलाई बढावा दिन प्याज आयातमा ठूलो कर लगाएको श्रीलंकाले दुई महिनाअघि प्याजको खुद्रा मूल्य श्रीलंका रु. ३०० प्रतिकिलोसम्म पुगेपछि अक्टोबरदेखि कर कम गरेको छ। तर पनि प्याजको मूल्य घटेको छैन।

बांग्लादेशमा सामान्य अवस्थामा ३० टाका प्रतिकिलोमा पाइने प्याजको मूल्य अहिले २६० टाकासम्म पुगेको छ।

corrent noodles
Metro Mart

बांग्लादेशकी प्रधानमन्त्री शेख हसिनाले आफूले प्याज खानै छोडेको बताएकी छन्। खानामा अनिवार्य जस्तै प्याज प्रयोग हुने बांग्लादेशमा अहिले रेस्टुरेन्टका मेन्युमा मूल्य बढाइएको छ।

बांग्लादेशले म्यानमार, चीन, इजिप्ट र टर्कीबाट हवाई कार्गोमार्फत प्याज निर्यात गर्न थालेको छ।

पाकिस्तानमा पनि प्याजको मूल्य बढेर पाकिस्तानी रु. १०० प्रतिकिलो पुगेको छ। भारतीय प्याज अफगानिस्तान हुँदै पाकिस्तान पुग्थ्यो।

पाकिस्तानले अहिले इरानबाट प्याज आयात गरिरहेको छ। पाकिस्तानी उपभोक्ताले इरानी प्याजको गुणस्तर र स्वाद भारतीय जस्तो नभएको गुनासो गरिरहेका छन्।

भारतीय अधिकारीहरुका अनुसार आगामी जनवरी (पुस) मा प्याज आपूर्ति बढ्ने सम्भावना छ। आपूर्ति बढेर भारतमा प्याजको मूल्य प्रति किलो भारु २० प्रतिकिलोमा झ¥यो भने मात्रै भारतले प्याज निर्यात गर्ने एक अधिकारीले बताएका छन्।

भारतले वार्षिक २० लाख टनभन्दा बढी प्याज निर्यात गर्छ। त्यसैले चीन, इजिप्ट जस्ता देशबाट यति ठूलो परिमाणमा प्याज निर्यात हुनसक्ने सम्भावना छैन। निर्यात भए पनि भारतमा भन्दा महँंगो पर्न जान्छ।

नेपालमा गत असोजमा भारतबाट ३ करोड ६० लाख किलो, चीनबाट २ लाख ८१ हजार किलो र नामिबियाबाट १२ हजार किलोग्राम प्याज आयात भएको छ। तर, कात्तिकमा भारतबाट मात्रै करिब २० हजार किलोग्राम प्याज आयात भएको भन्सार विभागले जनाएको छ।

प्रकाशित: Nov 20, 2019| 07:02 बुधबार, मंसिर ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।