शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नेपाल-भारत सीमा सुरक्षा बैठक आजबाट : कालापानीबारे छलफल नहुने

नेपाल-भारत सीमा सुरक्षा बैठक आजबाट : कालापानीबारे छलफल नहुने

नेपाल-भारत सीमा विवाद चर्किदै गएका बेला आजबाट पोखरामा सीमा सुरक्षा बैठक सुरु हुँदैछ । बैठकमा
 |  बुधबार, मंसिर ४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ४, २०७६

काठमाडौं- नेपाल-भारत सीमा विवाद चर्किदै गएका बेला आजदेखि पोखरामा सीमा सुरक्षा बैठक सुरु हुँदैछ ।

triton college

बैठकमा नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी)का प्रमुखसहितका अधिकारीहरु सहभागी हुँदैछन् ।

हरेक वर्ष आयोजना हुनुपर्ने बैठक तीन वर्षपछि बस्न लागेको हो । २०६९ सालयता जम्मा तीनपटक सीमा सुरक्षा बैठक बसेको छ ।

आजबाट शुक्रबारसम्म तीन दिन चल्ने बैठकमा सीमा क्षेत्रमा हुने अपराध, अवैध ओसारपसार नियन्त्रण, संयुक्त सुरक्षा गस्तीलगायतका विषयमा छलफल हुनेछ। तर, भारतले अतिक्रमण गरेको कालीपानीलगायतका क्षेत्रको विषयमा भने बैठकमा छलफल नहुने भएको छ ।

नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको क्षेत्रलाई भारतले आफ्नो राजनीतिक नक्सामा समेटेपछि त्यसको नेपालमा चर्को विरोध हुँदै आएको छ । यस विषयमा सीमा सुरक्षा बैठकमा छलफल हुने अपेक्षा राखिए पनि भारतीय पक्षले नमानेपछि छलफल नहुने भएको हो ।

corrent noodles
Metro Mart

भारतीय सीमा सुरक्षा बलका अधिकारीहरुले नक्साको विषय राजनीतिक भएको टिप्पणी गरेका छन् ।

पछिल्लो समय लिम्पियाधुरदेखि लिपुलेकसम्मको क्षेत्रलाई समेटेर भारतले जारी गरेको नयाँ नक्साका विषयमा बैठकमा छलफल नहुने भएको छ।

सीमा सुरक्षाको विषयमा मात्रै छलफल हुने भएकाले यो बैठकमा कालापानी क्षेत्र भारतले हडपेको विषयमा छलफल गर्ने कुनै तयारी नभएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

प्रकाशित: Nov 20, 2019| 03:37 बुधबार, मंसिर ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।