शनिबार, वैशाख १५, २०८१

स्रोत नखुलेको ३५ लाख रुपैयाँसहित दुईजना पक्राउ

स्रोत नखुलेको ३५ लाखभन्दा बढी रुपैयाँसहित प्रहरीले बाराबाट दुईजनलाई पक्राउ गरेको छ।
 |  मंगलबार, मंसिर ३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३, २०७६

जनकपुरधाम - स्रोत नखुलेको ३५ लाखभन्दा बढी रुपैयाँसहित प्रहरीले बाराबाट दुईजनलाई पक्राउ गरेको छ। प्रहरीले बाराको बारा पचरौता नगरपालिका-८ लंगडाचोकस्थित सडकबाट सिम्रौनगढ नगरपालिका-७ बस्ने २३ वर्षीय सुनिल महतो नुनिया र सोही स्थान घर भएका २२ वर्षीय राजनकुमार दुवेलाई पक्राउ गरेको हो।

triton college

उनीहरुको साथबाट एक हजार दरको १२ सय थान र पाँच सय दरको ४७ सय थान गरी जम्मा ३५ लाख ५० हजार रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

यसैगरी दुबेको साथमा रहेको मोबाइलको व्हाट्सएपमा विभिन्न बैंक तथा वित्तिय संस्थासँग सम्बन्धीत चेक र भौचरहरुको फोटो तथा करोडौं रुपैयाँ कारोबार गरेको विवरणसमेत प्रहरीले फेला पारेको छ।

बरामद गरिएको रुपैयाँको दुबैजनाले स्रोत खुलाउन नसकेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुबैजना अवैध हुण्डी कारोबारमा संलग्न रहेको बताइएको छ।

ना २६ प १६४९ नम्बरको मोटरसाइल चढेर आएका दुबैजनालाई चेकजाँच गर्ने क्रममा पछाडि बसेका दुबेले बोकेको झोलाबाट उक्त परिमाण बराबरको रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुबैजनाविरुद्ध बैंक तथा वित्तिय संस्थासम्बन्धी कसुरअन्तर्गत मुद्दामा जिल्ला अदालत बाराबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

corrent noodles
Metro Mart

प्रकाशित: Nov 19, 2019| 11:10 मंगलबार, मंसिर ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।