शनिबार, वैशाख १५, २०८१

तीन वर्षमा तीन अर्ब ठगी: कुन मेडिकल कलेजले कति ठगे?

नेपालका निजी मेडिकल कलेजहरुले तीन वर्षको अवधीमा विद्यार्थीहरुबाट तीन अर्ब रुपैयाँ ठगी गरेको पाइएको छ । विद्यार्थी ठग्ने मेडिकल कलेजहरुमा गण्डकी मेडिकल कलेज एक नम्बरमा परेको छ ।
 |  सोमबार, मंसिर २, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २, २०७६

काठमाडौं- नेपालका निजी मेडिकल कलेजहरुले तीन वर्षको अवधीमा विद्यार्थीहरुबाट तीन अर्ब रुपैयाँ ठगी गरेको पाइएको छ ।

triton college

राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानविनबाट निजी मेडिकल कलेजहरुले तीन वर्षमै तीन अर्ब रुपैयाँ ठगी गरेको पाइएको हो ।

सरकारले मेडिकल कजेलमा भएको अबैध असुलीका विषमा छानबिन गर्न ८ महिना अगाडी राष्ट्रिय सतर्कता केन्द्रका डिआइजी कमल अधिकारीको नेतृत्वमा चार सदस्यीय छानबिन समिति बनाएको थियो ।

समितिले सन् २०१५ देखि १८ सम्म भर्ना भएका विद्यार्थी संख्या, विभिन्न शीर्षकमा उठाइएको शुल्कलगायतका विषयमा स्थलगत अध्ययन गरेको थियो ।

६ महिना लगाएर सरकारी छानविन समितिले गरेको अध्ययनअनुसार सबैजसो मेडिकल कलेजहरुले विद्यार्थीहरुबाट करोड बढि रकम अबैध रुपमा असुलेका छन् ।

corrent noodles
Metro Mart

उनीहरु विभिन्न शीर्षकमा अतिरिक्त शुल्क उठाउने गरेको भेटिएको छ । विद्यार्थी ठग्ने मेडिकल कलेजहरुमा गण्डकी मेडिकल कलेज एक नम्बरमा परेको छ । उसले ४३ करोड ५ लाख रुपैयाँ विद्यार्थीबाट ठगेको छ ।

समितिले भदौमा प्रतिवेदन तयार पारे प्रधानमन्त्री केपीशर्मा ओलीले तीन महिनापछि मात्रै बुझेका छन् । प्रतिवेदन बुझेपछि प्रधानमन्त्री ओलीले कारबाहीका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

कुन मेडिकल कलेजले कति ठगे ?

गण्डकी मेडिकल कलेज

ठगी : ४३ करोड चार लाख ९० हजार रुपैयाँ

सन् ०१७/१८ को ब्याचबाट मात्र १५ करोड ८० लाख ६० हजार ठगेको ठहर । अदालतमा मुद्दा, कलेजमा तालाबन्दी ।

नोबेल मेडिकल कलेज

ठगी : ३५ करोड ४७ लाख ४४ हजार रुपैयाँ

सन् ०१८ मा भर्नामै प्रतिविद्यार्थी सात लाख ४५ हजार र अन्य शीर्षकमा पनि प्रतिविद्यार्थी १७ लाख ९५ हजार सात सय ३२ रुपैयाँ असुली । ५० पेइङ विद्यार्थीबाट मात्रै १२ करोड ७० लाख २६ हजार ठगी ।

लुम्बिनी मेडिकल कलेज

ठगी : ३२ करोड ९६ लाख ८४ हजार रुपैयाँ

छात्रवृत्तिमा पढ्ने १० विद्यार्थीसँग प्रतिव्यक्ति नौ लाख ७२ हजार अतिरिक्त शुल्क । सन् २०१८ को ब्याचबाट मात्र ६ करोड ३६ लाख २१ हजार ठगी ।

युनिभर्सल मेडिकल कलेज

ठगी : ३२ करोड ७२ लाख ३० हजार रुपैयाँ

सन् २०१६ को ब्याचबाट समग्रमा १२ करोड सात लाख ५० हजार बढी असुली । भर्ना शुल्क बढी लिनुका साथै विभिन्न १५ शीर्षकमा अतिरिक्त असुली । छात्रवृत्ति पाएका विद्यार्थीबाट पनि असुली ।

नेसनल मेडिकल कलेज

ठगी : ३२ करोड ३५ लाख ८१ हजार पाँच सय रुपैयाँ । भर्ना र अन्य शीर्षक थपेर अवैध असुली ।

काठमाडौं मेडिकल कलेज

ठगी : २७ करोड ८१ लाख ६५ हजार १९० रुपैयाँ

सन् ०१८ मा मात्रै ५० पेइङ विद्यार्थीबाट ११ लाख २४ हजार नौ सयका दरले पाँच करोड ६२ लाख ४५ हजार बढी असुली । छात्रवृत्तिका विद्यार्थीबाट प्रतिविद्यार्थी तीन लाख ४१ हजार ठगी ।

नेपालगन्ज मेडिकल कलेज

ठगी : २१ करोड ९१ लाख २५ हजार दुई सय रुपैयाँ

एउटा ब्याचबाट मात्र पाँच करोड २७ लाख ५० हजार बढी असुली । छात्रवृत्तिमा भर्ना भएका १० विद्यार्थीसँग वार्षिक ६३ हजारका दरले ठगी ।

विराट मेडिकल कलेज

ठगी : १९ करोड नौ लाख ३३ हजार रुपैयाँ ।

छात्रवृत्तिमा पढेकाहरूसँग पनि प्रतिविद्यार्थी ६ लाख २५ हजार अतिरिक्त असुली ।

कलेज अफ मेडिकल साइन्सेस

ठगी : १० करोड ६१ लाख ५७ हजार रुपैयाँ

भर्ना शुल्कमै प्रतिविद्यार्थी सात लाख ४५ हजारसम्म बढी असुल । सन् ०१८ मा मात्र ३२ विद्यार्थीबाट दुई करोड ३८ लाख ४० हजार असुली । डेभलपमेन्ट शुल्कका नाममा प्रतिविद्यार्थी वार्षिक दुई लाख ठगी ।

मणिपाल मेडिकल कलेज

ठगी : १० करोड नौ लाख रुपैयाँ

एउटै विद्यार्थीसँग पाँच वर्षमा ८० लाखसम्म ठगी गरेको निष्कर्ष ।

किस्ट मेडिकल कलेज

ठगी : पाँच करोड ९९ लाख ३० हजार रुपैयाँ

अतिरिक्त शुल्क उठाएको भन्दै गत वर्ष विद्यार्थीले प्रशासनमा उजुरी । उजुरी दिने विद्यार्थीलाई परीक्षामा फेल गराइयो, करिअर सकाइदिने धम्की । छात्रवृत्तिमा पढेका ४२ विद्यार्थीसँग समेत प्रतिविद्यार्थी चार लाखका दरले एक करोड ६८ लाख अतिरिक्त असुली ।

देवदह मेडिकल कलेज

ठगी : ३ करोड ८९ लाख ९४ हजार रुपैयाँ

भर्ना शुल्क मात्रै प्रतिविद्यार्थी चार लाख ५७ हजार आठ सय ठगी । भर्ना र अन्य शीर्षकमा गरी प्रतिविद्यार्थी ८ लाख ७७ हजारसम्म अतिरिक्त असुली ।

चितवन मेडिकल कलेजले विवरण दिन मानेन, तर ठगी अरूजस्तै

प्रकाशित: Nov 18, 2019| 02:35 सोमबार, मंसिर २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।