शुक्रबार, वैशाख १४, २०८१

पिपरा गाउँपालिका उपनिर्वाचन : यस्तो छ जोड घटाउ

महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदै छ। यसअघि राजपाबाट निर्वाचित विनोद चौधरीको २०७६ वैशाख ४ गते निधन भएपछि पिपरा गाउँपालिकामा उपनिर्वाचन हुन लागेको हो।
 |  शुक्रबार, कात्तिक २९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २९, २०७६

जनकपुरधाम - महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदै छ। यसअघि राजपाबाट निर्वाचित विनोद चौधरीको २०७६ वैशाख ४ गते निधन भएपछि पिपरा गाउँपालिकामा उपनिर्वाचन हुन लागेको हो।

triton college

निर्वाचनमा राजनीतिक तथा स्वतन्त्र गरी २० जनाले मनोनयन दर्ता गराएका छन्। पछिल्लो निर्वाचनमा बहिष्कारको नारा दिँदै आइरहेका सीके राउत नेतृत्वको जनमत पार्टी पनि सहभागी हुँदै छ। मनोनयन दर्ता गराउने सबै उम्मेदवारहरुले आआफ्नो जित पक्का रहेको दाबी गरेका छन्। उनीहरु चुनावी रणनीति बनाउनतर्फ समेत जुटिसकेका छन्।

प्रमुख प्रतिस्पर्धा नेकपा, नेपाली कांग्रेस, राजपा र समाजवादी पार्टीबीच हुने विश्लेषण गरिएको छ।

१८ हजार मतदाता रहेको पिपरा गाउँपालिकाको पछिल्लो निर्वाचनमा राजपाका उम्मेदवार विनोद चौधरीले दुई हजार सात मत ल्याएर अध्यक्षमा निर्वाचित भएका थिए। तत्कालीन एमालेका उम्मेदवार विक्रम यादव १ हजार ८७३ मत प्राप्त गरी झिनो मतले पराजित भए।

पछिल्लो निर्वाचनमा तत्कालीन माओवादी पार्टीबाट चुनाव लडेका रामजानकी यादवले करिब एक हजार पाँच सय मत ल्याएका थिए। माओवादी तेस्रो स्थानमा रहेको थियो। रामजानकी अहिले समाजवादी पार्टीबाट उम्मेदवारी दिएका छन्। गत निर्वाचनमा चौथो स्थानमा रहेको नेपाली कांग्रेसले १ हजार ४ सय ६७ मत पाएको थियो।

corrent noodles
Metro Mart

अहिले तत्कालीन एमाले र माओवादी एकीकरण भएर नेकपाबाट एकजना मात्र उम्मेदवार छन्। गत निर्वाचनमा अलगअलग चुनाव लडेर दोस्रो र तेस्रो स्थान पाए पनि अहिले दुबै मतलाई जोड्दा आफूहरुको जित निश्चित रहेको नेकपाबाट उम्मेदवारी दिएका विक्रम यादव दाबी गर्छन्।

‘पछिल्लो निर्वाचनमा तत्कालीन एमाले दोस्रो र माओवादी तेस्रो स्थानमा थियो,’ नेपाल समयसँग उनले भने, ‘तर अहिले एकता भइसकेपछि दुबै दलको मत एकमुष्ट आउने भयो। पछिल्लो निर्वाचनकै मत जोडिदिने हो भने हाम्रो जित पक्का देखिन्छ।’

समाजवादी पार्टीबाट उम्मेदवारी दिएका रामजानकी यादव भने पछिल्लो निर्वाचनमा आफूले पाएको मतमा थप बढोत्तरी हुने दाबी गर्छन्।

‘पछिल्लो निर्वाचनमा मैले गरेको कामको आधारमा जनताले मलाई मतदान गरेका थिए,’ उनले भने, ‘त्यतिखेर मैले पाएको मतमा कुनै कमी हुँदैन, बरु समाजवादी पार्टीको मतसमेत थपिनेछ।’

यता पछिल्लो निर्वाचनमा अध्यक्ष पदमा जित हात पारेको राजपालाई भने गत वर्ष झैं सजिलो छैन। राजपाले निधन भएका अध्यक्ष विनोद चौधरीकी पत्नी रविता चौधरीलाई उम्मेदवार बनाएको छ।

राजनीतिमा खासै भूमिका नरहेको रविता एक्कैपटक स्थानीय तह उपनिर्वाचनमा होमिएकी छिन्। रविताले सहानभूति मत पाउनेमा राजपाका अधिकांश नेताहरु विश्वस्त देखिन्छन्।

नेपाली कांग्रेस भने आफूहरु बाहेक अन्य सबै दल सत्तामा रहेको र उनीहरुको गतिविधिबाट जनता आजित भइसकेकोले त्यसको फाइदा पाउने सोचमा देखिन्छ। पछिल्लो समय पिपरा गाउँपालिकामा राजपाको कामकारबाहीबाट जनतामा निराशा छाएको र सत्तामा रहेका अन्य दलहरुले जनताको अपेक्षाअनुसार अगाडी बढ्न नसकेको कांग्रेसका उम्मेदवार विजयकुमार यादव बताउँछन्।

पछिल्लो निर्वाचनमा चौथो स्थानमा रहे पनि यसपटक भने मतदाताको झुकाव आफूहरु तर्फ हुने उनको तर्क छ। ‘हामी साथीहरुसँग बसेर छलफलमा जुटिसकेका छौं,’ उनले भने,‘मतदाता भेट्ने कार्यपनि सुरु भइसकेको छ, मतदाताहरुबाट सकारात्मक संकेत पाएका छौं।’

प्रकाशित: Nov 15, 2019| 07:32 शुक्रबार, कात्तिक २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।