शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • चार दिनसम्म ठूला मालवाहक सवारीलाई रिङरोड प्रवेश निषेध

चार दिनसम्म ठूला मालवाहक सवारीलाई रिङरोड प्रवेश निषेध

बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको मैत्रीपूर्ण भ्रमणका क्रममा काठमाडौं उपत्यकाको रिङरोडभित्र ठूला मालवाहक सवारी साधन प्रवेश गर्न नपाउने भएका छन्।
 |  सोमबार, कात्तिक २५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २५, २०७६

काठमाडौं- बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको मैत्रीपूर्ण भ्रमणका क्रममा काठमाडौं उपत्यकाको रिङरोडभित्र ठूला मालवाहक सवारी साधन प्रवेश गर्न नपाउने भएका छन्।

triton college

२६ गते मंगलबारदेखि २९ गतेसम्म हुने भ्रमणका क्रममा काठमाडौं उपत्याकाको रिङरोडभित्र ठूला मालवाहक सवारीलाई रोक लगाइएको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बंगलादेशी राष्ट्रपतिको भ्रमण अवधिभर पुराना र अवस्था ठिकनभएका सवारी साधन पनि नचलाउन अनुरोध गरेको छ।

महाशाखाले मुख्य सवारी मार्गको प्रयोग नगरी अन्य वैकल्पिक सडकको प्रयोग गरिदिनसमेत सर्वसाधारणलाई अनुरोध गरेको छ।

बंगलादेशका राष्ट्रपति आउने भएपछि मंगलबार अधिकांश समय काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित हुने भएका छ।

corrent noodles
Metro Mart

यस्तो छ भ्रमण तालिका

राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक स्वागत गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा उनले राष्ट्रपति भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा पर्सि बुधबार अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ।

राष्ट्रपति भण्डारीले आफ्ना बङ्गलादेशी समकक्षी तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा भोलि नै साँझ राजकीय भोज आयोजना गर्नेछिन्।

बङ्गलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन्।

राष्ट्रपति हमिदसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि शिष्टाचार भेट गर्नेछन्।

नेपाल बसाइका बेला बङ्गलादेशका विशिष्ट अतिथिले भक्तपुर दरबार क्षेत्र, पोखराका साथै काठमाडौँको चन्द्रगिरीको पनि भ्रमण गर्ने कार्यक्रम छ।

प्रकाशित: Nov 11, 2019| 13:30 सोमबार, कात्तिक २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।