शनिबार, वैशाख २९, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसका ९ युवा नेताको चेतावनी- 'सिमा तलमाथि गर्नेलाई माफी हुँदैन'

कांग्रेसका ९ युवा नेताको चेतावनी- 'सिमा तलमाथि गर्नेलाई माफी हुँदैन'

नेपाली कांग्रेसका ९ जना युवा नेताहरुले भारतले कालापानी क्षेत्र हडपेको विषयमा संयुक्त वक्तव्य निकाल्दै त्यसको कडा विरोध गरेका छन् । उनीहरुले वक्तव्यमा भनेका छन् ...
 |  आइतबार, कात्तिक २४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २४, २०७६

काठमाडौं- नेपाली कांग्रेसका ९ जना युवा नेताहरुले भारतले कालापानी क्षेत्र हडपेको विषयमा संयुक्त वक्तव्य निकाल्दै त्यसको कडा विरोध गरेका छन् ।

triton college

नेपालको अविभाज्य अंगलाई भारतको नक्सामा राख्ने तथा भूभाग मिच्ने अधिकार कसैलाई नभएको भन्दै उनीहरुले कडा विरोध गरेका हुन् ।

संयुक्त वक्तव्य निकाल्नेमा कांग्रेस नेताहरु गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना सेरचन, बद्री पाण्डे, जीवन परियार, गुरूराज घिमिरे र प्रदिप पौडेल छन् ।

उनीहरुले वक्तव्यमा भनेका छन्– 'हाम्रा पूर्खाहरुले ज्यानको बाजी लगाएर ठूलो बलिदानको मूल्यमा कायम राखेको सिमा तलमाथि गर्न खोज्ने जो कसैलाई नेपाली जनताले माफ गर्न सक्तैनन् ।' भारतको यो कदमले नेपाली जनतामा पुनः आक्रोश पैदा गरेको उनीहरुले बताएका छन् ।

उनीहरुले यस घटनालाई सामान्य रुपमा नलिन र तत्काल भारत सरकारसँग वार्ता गर्न सरकारसँग आग्रह गरेका छन् । सर्वदलिय बैठकको सुझाव कार्यान्व्यन गर्न सरकार अग्रसर हुनुपर्नेमा पनि उनीहरुले जोड दिएका छन् ।

corrent noodles
Metro Mart

यस्तो छ संयुक्त वक्तव्य

केही दिनअघि भारत सरकारले जारी गरेको नयाँ नक्सामा नेपालको भुमि लिपुलेक र कालापानी समेतलाई भारतीय भुमिमा पारिएको घटनाप्रति हाम्रो ध्यान गम्भीर रूपमा आकृष्ट भएको छ । सन् १८१६ मा नेपाल र अङ्ग्रेजशासित भारतबिच सम्पन्न सुगौली सन्धिले किटान गरेका महाकाली पूर्वका भूभागहरू नेपालका हुन भन्ने व्यहोराबाट ती सबै भूभागहरू नेपालका अविभाज्य अंग हुन भन्नेकुरा स्पष्ट हुन्छ ।

यस धरातलीय यथार्थलाई नजरअन्दाज गर्नु कसैको पनि हितमा हुदैन । नेपाली भूभाग मिच्ने अधिकार कसैलाई छैन । हाम्रा पूर्खाहरुले ज्यानको बाजी लगाएर ठूलो बलिदानको मूल्यमा कायम राखेको सिमा तलमाथि गर्न खोज्ने जो कसैलाई नेपाली जनताले माफ गर्न सक्तैनन् । यस घटनाबाट अहिले ३ करोड नेपाली जनता स्तब्ध, दुःखी र आक्रोसित छन् ।

नेपाल सरकारले यस दुखद घटनाका सन्दर्भमा भारत सरकारसँग स्पष्ट कुरा गर्नु पर्दछ । यस बिषयमा सरकारले बोलाएको सर्वदलीय बैठकलाई सकारात्मक सुरुवातका रूपमा लिदै पछिल्लो घटना लगायतका सिमा अतिक्रमणका अन्य स्थानहरूका बिषयमा समेत सार्थक, परिणाममूखी र दिगो समाधानका लागि प्रभावकारी कुटनीतिक पहल गर्नु पर्दछ भन्ने हाम्रो दृष्टिकोण रहेको छ ।

शदियौंदेखि एक आपसका घनिष्ठ छिमेकीको रूपमा रहेका भारत र चीन दुवै देशले आपसी सद्भाव, भाइचारा, बन्धुत्व र मैत्रिपूर्ण सम्बन्धको धरातलमा उभिएर अन्तर्राष्ट्रिय नियम, प्रचलन र मान्यतालाई ख्याल गरि छिमेकी राष्ट्रहरूसँग सम्मानपूर्ण व्यवहार गर्नु पर्दछ भन्ने हाम्रो दृढ मान्यता छ ।

शक्ति,बल र अभिमान प्रदर्शन गरि साना राष्ट्रहरूलाई थिचोमिचो र दुव्र्यबहार गर्न मानवता, दर्शन र हाम्रो सभ्यताले पनि हामी कसैलाई अनुमति दिदैनन भन्ने कुरा पनि स्मरण गराउन चाहन्छौं ।

जय नेपाल

प्रकाशित: Nov 10, 2019| 05:30 आइतबार, कात्तिक २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।