शनिबार, वैशाख १५, २०८१

डा. केसीको समर्थनमा डडेलधुरामा सिटी जुलुस

डा. गोविन्द केसीको अनशनको समर्थनमा शनिबार डडेलधुरा सदरमुकाममा सिटी जुलुस निकालिएको छ।
 |  शनिबार, कात्तिक २३, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २३, २०७६

डडेलधुरा- डा. गोविन्द केसीको अनशनको समर्थनमा शनिबार डडेलधुरा सदरमुकाममा सिटी जुलुस निकालिएको छ।

triton college

चिकित्सा क्षेत्र सुधारको माग राख्दै ६ दिनदेखि आमरण अनशनरत केसीको समर्थनमा नागरिक समाज तथा पेशाकर्मी एवं व्यावसायिक संघसस्थाहरूको अगुवाइमा सदरमुकाममा सिटी जुलुस निकालिएको हो । बसपार्कदेखि सुरु भएको जुलुस तुफानडाँडा हुँदै डडेलधुरा अस्पतालबाट तुफानडाँडा चोकसम्म पुगेको थियो।

डा. केसीले राखेका सम्पूर्ण माग पूरा गनुपर्ने, डडेलधुरा अस्पतालमा दरबन्दी अनुसारका डाक्टरको यथाशीघ्र व्यवस्था गनुपर्ने, डडेलधुरामा मेडिकल कलेजका लागि निर्णय गरिनुपर्ने तथा डा. केसीको जीवनको रक्षालगायतका माग गर्दै नागरिक समाजका प्रतिनिधी, पेशाकर्मी तथा व्यवसायी सडकमा उत्रिएका हुन्। जुलुसमा सुदूरपश्चिम प्रदेशका सांसद् तथा नेपाली कांग्रेस डडेलधुराका सभापति कर्णबहादुर मल्लको सहभागी थिए।

गत शुक्रबार डा. केसीको समर्थनमा जिल्ला सदरमुकाममा प्रदर्शन गरिएको थियो। प्रदर्शन क्रममा ‘डा. केसीका माग पूरा गर’ भन्दै नारावाजी गरिएको थियो।

डा. केसीका मागलाई बेवास्ता गरिए सरकारविरुद्ध कडा आन्दोलन गर्ने नागरिक समाज, पेशाकर्मी एवं व्यावसायिक संघसस्थाहरूले चेतावनी दिएका छन्।

corrent noodles
Metro Mart

डडेलधुरा सदरमुकामा दैनिक प्रदर्शन भइरहेको छ। केसीले सोमबारदेखि सुरु गरेको १७औं चरणको अनशनमा ऐक्यबद्धता जनाउँदै प्रदर्शन भइरहेको हो।

अनशनका क्रममा डा. केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि शुक्रबारदेखि उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: Nov 09, 2019| 12:19 शनिबार, कात्तिक २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।