शनिबार, वैशाख १५, २०८१

धनुषामा जन्मेकी रश्मी साह नासाबाट सम्मानित

धनुषाको सुगानिकासमा जन्मेकी रश्मी साह ‘नासा करियर पब्लिक अचिभमेन्ट मेडल’ सम्मानित भएपछि अहिले चर्चामा छन् ।
 |  शुक्रबार, कात्तिक २२, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २२, २०७६

काठमाडौं– धनुषाको सुगानिकासमा जन्मेकी रश्मी साह ‘नासा करियर पब्लिक अचिभमेन्ट मेडल’ सम्मानित भएपछि अहिले चर्चामा छन् ।

triton college

१० कक्षासम्म काठमाडौंमा अध्ययन गरेकी उनी सन् २००१ मा आमा–बुबासँगै अमेरिका पुगेकी हुन् ।

अमेरिकाको पर्ड्यू विश्वविद्यालयबाट एरोनटिक्स र एस्ट्रोनटिक्समा विद्यावारिधि गरेपछि उनी अहिले अमेरिकी शोध संस्था नासाको जेट प्रोपुलेशन ल्याबरोटरी (जेपीएल) मा कार्यरत छन् ।

करियरको शुरुआती वर्षहरुमै असामान्य र महत्वपूर्ण खोजका लागि योगदान दिने व्यक्तिलाई नासाले ‘नासा करियर पब्लिक अचिभमेन्ट मेडल’ ले सम्मानित गर्छ ।

माटोको आद्रता मापन, हिउँको गहिराई, समुद्री सतहको गुण मापनमा रश्मीको खोज महत्वपूर्ण मानिएको छ ।

corrent noodles
Metro Mart

आफ्नो करियर सुरु गरेको ६ वर्षमै यो सम्मान प्राप्त गर्ने रश्मी संभवतः नेपाली मूलको पहिलो व्यक्ति हुन्।

वातावरणीय क्षेत्रमा काम गर्दै आएका रश्मीका पिता डा.जयप्रकाश साह पनि अहिले अमेरिकामै अनुसन्धान तथा अध्ययापन गर्छन् ।

नेपालको सरकारी र गैरसरकारी क्षेत्रमा कामको अनुभव लिएका साहले कोसी टप्पू क्षेत्र विषयमा पुस्तकसमेत लेखेका छन्।

नासामा काम थाल्नुअघि रश्मीले गोद्दर स्पेश फ्लाइट सेन्टरमा र स्पेनमा रिर्सचरको रुपमा काम गरेकी थिइन्। सन् २०१३ बाट उनले जेपीएलमा काम थालेकी हुन् ।

प्राकृतिक वातावरणमा रमाउने ३४ वर्षीया रश्मी नेपाल आएका बेला हिमाली क्षेत्रमा घुम्न रुचाउँछिन् ।

प्रकाशित: Nov 08, 2019| 07:59 शुक्रबार, कात्तिक २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।