शुक्रबार, वैशाख १४, २०८१

६० हजार हेक्टर भूमिमा भारतीय अतिक्रमण

भारतले नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको ३७२ वर्ग किलोमिटर मात्रै होइन, नेपालका विभिन्न ७१ स्थानमा सीमा अतिक्रमण गरेको छ।
 |  शुक्रबार, कात्तिक २२, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २२, २०७६

काठमाडौं- भारतले नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको ३७२ वर्ग किलोमिटर मात्रै होइन, नेपालका विभिन्न ७१ स्थानमा सीमा अतिक्रमण गरेको छ।

triton college

नेपालसँग सीमा जोडिएका २६ जिल्लामध्ये २३ जिल्लामा भारतले सीमा मिचेको सीमाविद् बुद्धिनारायण श्रेष्ठले ‘सीमा संग्राम’ पुस्तक मा उल्लेख गरेका छन्।

दार्चुलादेखि ताप्लेजुङसम्म भारतले ६० हजार ६२७ हेक्टर जमिने मिचेको छ।

सबैभन्दा बढी जमिन कालापानी, लिपुलेक क्षेत्रमा मिचिएको छ, जुन भक्तपुर जिल्लाले ओगटेभन्दा तीन गुणा बढी भूभाग हो। कालापानीपछि सीमा बढी मिचिएको क्षेत्र सुस्ता हो। भारतले त्यहाँको १४ हजार हेक्टरभन्दा बढी हेक्टर जमिन मिचेको पाइएको छ।

दिइएको तथ्यांकअनुसार सबैभन्दा बढी अतिक्रमण दार्चुला, परासी, पाँचथर, ताप्लेजुङ र कञ्चनपुर जिल्लामा भएको देखिन्छ।

corrent noodles
Metro Mart

सीमा अतिक्रमण हटाउन र भारतले हडपेको जमिन फिर्ता गराउन सरकारले बलियो कूटनीतिक कदम नचालेकै कारण भारतीय अतिक्रमण बढ्दै गएको ग्रेटर नेपाल अभियानका अध्यक्ष फणीन्द्र नेपाल बताउँछन्।

उनका अनुसार भारतसँग ठोस वार्ता गर्ने र सीमालाई व्यवस्थित गर्ने काम नभएकै कारण भारतले हरेक वर्ष नेपाली भूमि मिच्ने गरेको छ।

के गर्दैछ सरकार?
२३ जिल्लाका ७१ स्थानमा सीमा मिचिँदासमेत सहसचिवस्तरीय अध्ययन टोली र जाँचबुझका लागि प्राविधिक टोली बनाउने बाहेक अहिलेसम्मका सरकारहरुले खासै केही गर्न सकेका छैनन्।

केपी ओली २०७२ सालमा पहिलोपटक प्रधानमन्त्री हुँदा तत्कालीन सरकारले कालापानी, लिपुलेक र सुस्ताका विषयमा अध्ययन गर्न समिति बनाएको थियो। उक्त समितिले बुझाएको अध्ययन प्रतिवेदन पनि सिंहदरबारको कुनै दराजमा थन्किएको छ।

यसपछि पनि कर्मचारीस्तरमा विभिन्न समिति बने । तर, समितिले अध्ययन मात्रै गरेका छन् । शीर्ष नेतृत्व तहमा सीमाका विषयमा छलफल हुन नसकेकै कारण समस्या बढ्दै गएको सीमाविद्हरुको टिप्पणी छ ।

कसरी हडपियो लिपुलेक ?

सन् १८१६ को सुगौली सन्धिको धारा ५ अनुसार लिम्पियाधुरा कालीनदीको मुहान हो । कालीनदी नै नेपाल–भारत सिमाना हो । त्यसयता ४४ वर्षसम्म लिम्पियाधुरा नै कालीको मुहानका रूपमा निर्विवाद थियो । तर, सन् १८६० मा चीन–भारत युद्धका बेला भारत काली तरेर नेपाली भूमि अतिक्रमण गर्दै अघि बढ्यो ।

अतिक्रमण गर्दै लिपुलेक आइपुगेका भारतीयले त्यहीँबाट बगेको खोलालाई कालीनदी भनेर एकतर्फी घोषणा गरे । यसरी लिम्पियाधुरादेखि लिपुलेकसम्मको ३१० वर्गकिलोमिटर क्षेत्र भारतले कब्जा मात्र गरेन, नेपाली भूमि कालापानीमा भारतीय फौज बंकरसहित तैनाथ गरियो । भारतीय फौज अहिले पनि नेपालको सो क्षेत्रमा अहिले पनि परेड खेलिरहेको छ ।

कालापानीमा भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आइटिबिपी) तैनाथ गरेपछि पनि भारत थामिएन । त्यसपछि ऊ थप ६२ वर्गकिलोमिटर पूर्वसम्म आइसकेको छ । यसरी सो क्षेत्रमा मात्रै भारतले ३७२ वर्गकिलोमिटर जमिन मिचेको सीमाविद्हरु बताउँछन्।

 

प्रकाशित: Nov 08, 2019| 06:44 शुक्रबार, कात्तिक २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।