शुक्रबार, वैशाख १४, २०८१

भाइ–बहिनीको मायाको प्रतिक ‘सामाचकेवा’

अचेल साँझ हुने वित्तिकै मिथिला क्षेत्रको प्रायः हरेक घरमा लोकभाकामा सुरिलो गीत सुन्न पाइन्छ । मिथिलामा अत्यन्तै ...
 |  शुक्रबार, कात्तिक २२, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २२, २०७६

जनकपुरधाम- अचेल साँझ हुने वित्तिकै मिथिला क्षेत्रको प्रायः हरेक घरमा लोकभाकामा सुरिलो गीत सुन्न पाइन्छ । मिथिलामा अत्यन्तै लोकप्रिय यस्ता गीतहरुले भाइ बहिनीको अमर प्रेमको प्रतिक मानिने सामा चकेवा पर्वको महिमा बयान गरिरहेको हुन्छ ।

triton college

सामा चकेवाको सन्दर्भमा अहिले मिथिला क्षेत्रको घरघरमा अलग्गै उत्साह छ । दिउँसो माटोबाट तयार पारिएका आकृतिहरु घाममा सुकाई राती रातो डाला (ढाकी) मा राखेर दीप, बाली घरबाट बाहिर अन्य साथीहरुसँग मिलेर लोकभाकामा गीत गाउँदै सामा खेल्ने परम्परा रहेको छ ।

परम्परागत विश्वासको आधारमा सामा चकेवालाई शित र दुबो खुवाउने चलन रहेको छ । मिथिलानी महिला तथा किशोरीहरु आ–आफ्नो डाला एक ठाउँमा राखी आफू चारैतिर वृत्ताकारमा बस्छन् र गीत गाउँदै डालालाई दाहिने हातले बढाउँदै बाँया हातले आफुतिर तान्छन् ।

पूर्र्णीमाको दिन दिदी बहिनीले आफ्ना दाइ भाइलाई निमन्त्रण गर्छन । दाइ भाइले घुँडामा राखेर सबै मुर्ती भाँच्छन र ती मुर्तीलाई जोतेको खेतमा बिसर्जन गरिन्छ । सोहि क्रममा दिदी बहिनीले दाजु भाइलाई च्युरा, दही, मिष्ठान, लगायतका मिठा पकवानहरु भोजन गराउने गर्दछन् ।

छठ पर्वको खरनादेखि कार्तिक पूर्र्णीमासम्म मनाइने सामा चकेवा पर्वले मिथिलामा अलग्गै उल्लास थपेको छ।

corrent noodles
Metro Mart

मिथिला संस्कृतिमा भाइ बहिनीबीचको मायाको प्रतिकको रुपमा सामाचकेवा पर्वको आकर्षण विस्तारै घट्दै गएको देखिएको छ । विगतमा सबैले मनाउँदै आएको यो पर्व सहरी क्षेत्रबाट लोप प्रायः भइसकेको संस्कृति विद्हरु बताउँछन् ।

लोक संस्कृतिको पर्वको रुपमा समेत लिइएको यस पर्वको संवद्र्धन र प्रवद्र्धन गर्न सबैले पहल गर्नुपर्ने आवश्यक्ता रहेको प्राध्यापक परमेश्वर कापडिले बताए । आधुनिकताको प्रभाव र समयअभावका कारण लोकसंस्कृतिको झल्को दिने सामाचकेवा पर्व समयक्रमसँगै लोपहुँदै जानु चिन्ताको विषय रहेको उनको भनाइ छ ।

सामाचकेवाको महत्वलाई हेर्दै जनकपुरमा प्रदर्शनीको तयारी गरिएको छ । मिथिलामा भाइ बहिनीबीचको प्रेमबारे वर्णन गर्ने सामाचकेवा पर्वलाई संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले जनकपुरस्थित मिथिला नाट्यकला परिषदले प्रदर्शनीको तयारी गरेको हो ।

परिषदका अध्यक्ष परमेश झाले विगतमा सबैले मनाउने गरेको सामाचकेवा पर्वको संवद्र्धन गर्न २५ कार्तिकमा प्रदर्शनीको तयारी गरिएको जानकारी दिए ।

 

प्रकाशित: Nov 08, 2019| 05:00 शुक्रबार, कात्तिक २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।