शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • संवाद
  • कर्णालीलाई आत्मनिर्भर बनाउन प्रयास गर्नेछु : कलौनी, प्रदेश प्रमुखको पद विकास गर्ने खालको होइन: खनाल

कर्णालीलाई आत्मनिर्भर बनाउन प्रयास गर्नेछु : कलौनी, प्रदेश प्रमुखको पद विकास गर्ने खालको होइन: खनाल

कर्णाली प्रदेशका नवनियुक्त प्रमुख गोविन्दप्रसाद कलौनी र तत्कालीन प्रमुख दुर्गाकेशर खनालसँग गरिएको कुराकानी
 |  बिहीबार, कात्तिक २१, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २१, २०७६

गोविन्दप्रसाद कलौनी कर्णालीका नवनियुक्त प्रदेश प्रमुख हुन् भने दुर्गाकेशर खनाल निवर्तमान प्रदेश प्रमुख। पूर्ववर्ती सरकारले नियुक्त गरेका खनाललाई ओली सरकारले बर्खास्त गरी हालै मात्र कलौनीलाई नियुक्त गरेको छ। कलौनी लामो समयसम्म नेकपाको राजनीतिमा आबद्ध सुदूरपश्चिमका स्थायी बासिन्दा हुन्। संसद सदस्यमा दुई पटक र संविधानसभा सदस्यमा एक पटक उम्मेदावरी दिए पनि उनी निर्वाचित हुन सकेका थिएनन् । 

triton college

कलौनीको अब कर्णालीमा समृद्धिको ढोका खुलाउन सहयोग गर्छु भन्ने अठोट छ। उनका योजना कस्ता छन् त?  अनि नयाँ प्रदेश प्रमुखलाई २२ महिना कामको अनुभव लिइसकेका खनालको के सल्लाह छ? यिनै विषयमा नेपाल समयका लागि देवबहादुर रानाले कलौनी र खनालसँग गरेको संक्षिप्त कुराकानी :

कर्णालीलाई आत्मनिर्भर बनाउन प्रयास गर्नेछु : कलौनी

कर्णालीको विकासमा यहाँका योजना के कस्ता छन् ?

राज्यको ध्यान नपुग्दा कर्णालीमा हालसम्म पनि भौतिक विकास र आर्थिक सबलता हुन सकेन। कर्णालीको विकासका लागि सबैको सकारात्मक साथ चाहिन्छ। जनताको जीवनस्तर कसरी उकास्ने, प्रदेशलाई कसरी समृद्ध बनाउने र यहाँको विकासका लागि अरुबाट कसरी सहयोग लिने भन्ने विषयमा सबैसँग सहकार्य गरेर अगाडि बढ्नेछु।

corrent noodles
Metro Mart

देशका अन्य प्रदेशभन्दा पनि कर्णालीलाई आत्मनिर्भर र सक्षम बनाएर अगाडि लैजाने वातावरणको सिर्जना गर्नेछु।

केन्द्रसँग कसरी समन्वय गर्नुहुन्छ?

कर्णालीको विकासका लागि केन्द्र सरकारबाट धेरै सहयोग हुन जरुरी छ। लगानी भित्र्याउन समन्वय हुन अति आवश्यक छ। अब केन्द्र सरकारले कर्णालीलाई अरु प्रदेशसरह मात्रै हेरेर पुग्दैन। यहाँको भौगोलिक विकटता र जटिलतालाई सम्बोधन हुने गरी अरू प्रदेशभन्दा माथि उठेर केन्द्र सरकारले कर्णालीलाई बढी र विशेष सहयोग गर्नुपर्छ। म केन्द्र सरकारको प्रतिनिधि भएकाले पनि कर्णालीमा थप सहयोग भित्र्याउन केन्द्र सरकारसँग निरन्तर पहल गर्नेछु।

कर्णालीको मुहार बदल्न के गर्न जरुरी छ?

समृद्ध नेपाल, सुखी नेपाली भन्ने केन्द्र सरकारको मूल नारालाई साकार पार्न पनि पहिला कर्णालीको विकास हुनु आवश्यक छ। कर्णालीलाई समृद्ध बनाउन विशेष रणनीति र योजना बनाएर लगानी भित्र्याउनुपर्छ। यसका लागि प्राकृतिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण कर्णालीका जनतालाई सुखी बनाउन यहाँको योजना आयोग, प्रदेश सरकार, स्थानीय सरकार तथा अन्य सरोकारवाला निकायबीच साझा मत र योजना हुनुपर्दछ।

000

प्रदेश प्रमुखको पद विकास गर्ने खालको होइन: खनाल

आफ्नो कार्यकाललाई कसरी मूल्यांकन गर्नुहुन्छ?

खासमा प्रदेश प्रमुखको पद विकास गर्ने खालको होइन। कार्यालयमा विकास गर्ने बजेट पनि हुँदैन।

मेरो कार्यकाल २२ महिनाको भयो। यस अवधिमा २१ वटा विधेयक प्रमाणीकरण गरेँ। म आउँदा खुट्टा टेक्ने ठाउँ पनि थिएन। जेनतेन कार्यालय स्थापना गरेँ।

शून्यबाट सुरु भएको पदमा पूरा अवधि बस्न पाइएन। कर्मचारी अभाव भयो। जति दिन पदमा रहेँ, सौहार्दपूर्ण तरिकाले सबैसँग समन्वय गरेँ। समग्रमा संविधानले दिएको अधिकारअनुसार मेरो कार्यकाल सफल नै भयो।

पूरै अवधिसम्म पदमा रहन पाएको भए के–के काम गर्थेँ जस्तो लागेको छ?

कति गरिन्थ्यो, कति गरिन्थ्यो, त्यो कुरा छोडौं अब पदीय भूमिकाअनुसार प्रदेशको विकास र समृद्धिका लागि थुप्रै काम गर्न सकिन्थ्यो।

नवनियुक्त प्रदेश प्रमुखलाई यहाँको के सुझाव छ?

सबैसँग राम्रो समन्वय गर्नुहोला। सबैलाई मिलाएर लैजानु होला। वर्तमान सरकारले त सबै पदमा राजनीति गर्‍यो। जब पदमा राजनीति हुन्छ, तब सर्वनाश हुन्छ। पदको मर्यादा कायम राख्न सक्नुपर्छ।

समग्रमा संघीयता र गणतन्त्रलाई बलियो बनाउन जरुरी छ। त्यसैले पार्टीगत राजनीति र हस्तक्षेपबाट सजग भएर संविधानअनुसार आफ्नो अडान लिन पनि उहाँलाई सुझाव दिन्छु।

कर्णालीको समृद्धि सम्भव छ?

कर्णाली असीमित सम्भावना भएको प्रदेश हो। कर्णालीमा अझै पिन विकास के हो  भन्ने बहसको सुरुआत नै भएको छैन। मान्छेले आफ्नो घर अगाडि बाटो भए विकास मान्छन्। धारामा नियमित पानी आए विकास ठान्छन्। त्यो कति दीगो हुन्छ भन्ने मतलब छैन ।

अब यही धारणाले कर्णालीको विकास सम्भव छैन। प्रकृति नै स्रष्टा हो। प्रकृति नै हाम्रो आमा हो भनेर वातावरणमैत्री विकासका योजना अघि बढाउन जरुरी छ।

प्रकाशित: Nov 07, 2019| 06:18 बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या प्रदेश र स्थानीय तहमा पनि...
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

‘समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती अनि विचलनको अवस्थाप्रति सजग रही प्रभावकारी ढंगबाट काम गर्न...
राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन...
राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने...