शुक्रबार, वैशाख १४, २०८१

निर्मला हत्या प्रकरणकाे अनुसन्धान नयाँ माेडमा

कञ्चनपुरकी १३ वर्षीया वालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा अनुसन्धानका लागि गठित प्राविधिक विज्ञ समितिले नयाँ रिपोर्ट सार्वजनिक गरेको छ। रिपोर्टले डिएनएलाई प्रमाणका रुपमा लिन नमिल्ने ठहर गरेको छ।
 |  बिहीबार, कात्तिक २१, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २१, २०७६

काठमाडौं- कञ्चनपुरकी १३ वर्षीया वालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा अनुसन्धानका लागि गठित प्राविधिक विज्ञ समितिले डिएनएलाई प्रमाणका रुपमा लिन नमिल्ने ठहर गरेको छ।

triton college

गत भदौ २६ गते गृहमन्त्रीस्तरीय निर्णय अनुसार गठन भएको प्राविधिक अनुसन्धान समितिले केही दिनअघि बुझाएको प्रतिवेदनमा प्रयोगशालामा भेटिएको बिर्य ‘भेरिफाई’ नै गर्न नसकिएको उल्लेख छ। प्रतिवेदनमा भनिएको छ– निर्मलाको ‘भेजिनल स्वाब’ मा बिर्य भएको बारे प्रयोगशालाबाट प्राप्त जानकारीबाट ‘भेरिफाई’ गर्न सकिएन । प्रयोगशालाले पनि भेजिनल स्वाबमा भेटिएको बिर्य हो या होइन भन्ने पुष्टि गरेन ।

प्रतिवेदनमा योनीमा शुक्रकीट शीघ्र क्षय हुने अवस्था रहेकोमा शव भेटिएको र पोस्टमार्टम भएको समयबीच लामो अन्तराल देखिएको उल्लेख छ। जसले योनीमा डिएनए क्षय हुने र बिग्रिने सम्भावना झन् बढाएको पनि प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा भनिएको छ- ‘निर्मलाको लास भेटिएपछि कञ्चनपुरमा हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शनकारीले लासलाई ट्याक्टरमा राखेर घुमाएका थिए। जसले गर्दा प्रहरीले तत्कालै पोस्टमार्टम गर्न पाएको थिएन, पोस्टमार्टमको क्रममा प्रयोग भएका उपकरण तथा स्वाब र पोस्टमार्टम टेबल डिएनए फ्री थिएनन्। जसले गर्दा डिएन दूषित हुन सक्ने अवस्था देखियो। वास्तवमा पोस्टमार्टम गर्दा जुन तरिकाले सुरक्षा अपनाएर गुणस्तरीय उपकरण प्रयोग गर्नुपर्ने थियो, त्यो भएन। अर्थात् स्वाब निकाल्न झाडुको सिन्कोसमेत प्रयोग भयो ।’

त्यसैगरी भौतिक प्रमाण परीक्षण गर्दा सम्भव भएसम्म कम नमुना प्रयोग हुने गरी नमुना जोगाएर परीक्षण गर्नुपर्नेमा तीन वटै भेजिनल स्वाबमा परीक्षण गरिएको, भेजिनल स्वाबमा रगत परीक्षण आवश्यक नभए पनि सो गरिएको, साथै बिर्य परीक्षणमा तीन किसिमका पाँच प्रयोगका कारण डिएनएका लागि पर्याप्त नमुना जोगाउने र दूषणको सम्भावना रोक्नेतर्फ संवेदनशील नभएको प्रतिवेदनमा उल्लेख छ।

corrent noodles
Metro Mart

प्रतिवेदनमा नकारात्मक नतिजा आएको अवस्थामा डिएनए मार्कर कम्ती संख्याको भए पनि फरक नपर्ने तर सकारात्मक नतिजा आएको अवस्थामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हुनपर्ने उल्लेख छ। प्रतिवेदनमा नेपाल प्रहरीको ल्याब आधुनिक नभएको पनि उल्लेख छ।

नाष्टका पूर्वनिर्देशक र वर्तमान निर्देशकसहित फरेन्सिक विज्ञसहितको समितिले परीक्षणपछि बाँकी रहेको नमुनामा पुनः वा थप परीक्षण गर्न सकिने अवस्थामा नरहेको समेत जनाएको छ।

मन्त्रालयले निर्मलाको भेजिनल स्वाबमा भेटिएको बिर्य संकलन र त्यसको परीक्षण विधिबारे अनुसन्धान गर्न राष्ट्रियविधि विज्ञान प्रयोगशालाका पूर्वनिर्देशक जीवन रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिमा डिएनए विज्ञ एवं विधिविज्ञान प्रयोगशालाका निर्देशक डा जीवनकुमार झा र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सक डा तुलसी कँडेल सदस्य थिए।

निर्मला हत्या प्रकरणमा निलम्बनमा परेका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज बिष्ट र प्रहरी निरीक्षक (इन्सपेक्टर) जगदीश भट्ट अनुसन्धानमा लापरवाही गरेको आरोपमा पदबाट बर्खास्त भएका छन्। अनुसन्धानमा संलग्न डिएसपी अंगुर जिसी तथा प्रहरी जवान चाँदनी साउद अझै निलम्बनमा छन्।

प्रहरीले सो प्रकरणमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख दिल्लीराज बिष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टका भतिजा आयुष बिष्ट, दीलिपसिंह बिष्ट र चक्र बडूको रगत संकलन गरी डिएनए परीक्षण गरेको थियो।

निर्मलाकी आमा दुर्गादेवी पन्तले दुई महिनाअघि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दिलीपसिंह बिष्टका नाममा किटानी जाहेरी दिएकी छिन्। घटनाका विषमया प्रहरीले यो रिपोर्ट आएसँगै नयाँ ढंगले अनुसन्धान सुरु गर्ने तयारी गरेको छ।

 

प्रकाशित: Nov 07, 2019| 02:24 बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।