शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंको फोहोर सिसडोल पुर्‍याउन नागरिक अभियान सुरु

काठमाडौंको फोहोर सिसडोल पुर्‍याउन नागरिक अभियान सुरु

नागरिक अभियन्ताहरु आफैँले काठमाडौंको फोहोर सिसडोल डम्पिङ साईटसम्म पुर्‍याउने अभियान सुरु गरेका छन।
 |  मंगलबार, भदौ १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १५, २०७८

काठमाडौं- नागरिक अभियन्ताहरु आफैँले काठमाडौंको फोहोर सिसडोल डम्पिङ साईटसम्म पुर्‍याउने अभियान सुरु गरेका छन। नेपाल सरकार र काठमाडौं महानगरपालिकाले विगत २५ दिनयता काठमाडौं उपत्यकाको फोहोर उठाउन नसकेपछि सफाई अभियानमा लागि परेका नागरिक अभियन्ताहरुले मंगलबारबाट काठमाडौंको फोहोर उठाई सिसडोल डम्पिङ साईटसम्म पुर्‍याउने अभियान सुरु गरेका हुन। 

triton college

काठमाडौंको रत्नपार्कबाट सुरु गरिएको सो अभियानमा काठमाडौं उपत्यकाको विभिन्न स्थानमा सफाई अभियानमा जुट्दै आएका नागरिक समाजका अगुवाहरु रहेको विश्व सरसफाई अभियन्ता राज मानवले जानकारी दिएका छन्। उनले वर्षात् याममा फोहोरको व्यवस्थापन गर्ने काममा सरकार जिम्मेवार नभएपछि जिम्मेवार नागरिकको नाताले आफूहरुले सो फोहोर सिसडोलसम्म पुर्‍याएर महानगरपालिकालाई फोहोरमुक्त बनाउने अभियानलाई अगाडि बढाएको पनि स्पष्ट पारेका छन्। 



अभियन्ता मानवले भने, ‘काठमाडौं महानगरपालिकाको फोहोरलाई सडकमा राख्नु हुँदैन। कोभिडको महामारी भईरहेको यो अवस्थामा फोहोर सडकमा राख्ने कुरा आउँदैन। त्यसमा नागरिक आफै सजग होऔं भन्ने अभियानमा साथ फोहोर उठाउने काम सुरु गरिएको हो। राजनीतिक दलहरुले हरेक भाषणमा यो फोहोरको समस्या समाधान हुन्छ भन्दै आएपनि यो समस्या समाधान हुन सकेन।त्यसैले काठमाडौंको फोहोरलाई जिम्मेवार नागरिकको हैसियतले आफैले व्यवस्थापन गर्नुपर्छ भनेर सफाई अभियान सुरु गरिएको हो। म यस अभियानमा जुटेर नेपाललाई फोहोर मुक्त  बनाउने अभियानमा सहभागी हुन सबैलाई आह्वान गर्दछु।’

corrent noodles
Metro Mart



सफाई अभियानमा बागमती सफाई अभियान, रुद्रमती सफाई अभियान, महाराजगंज सफाई अभियानलगायतका संस्थाहरु सहभागी भएका छन। अभियानमा सहभागी भएका अभियन्ताहरुले ‘म मेरो देश फोहोर गर्दिन’ लेखिएका प्लेकार्डहरु समेत प्रर्दशन गरेका थिए।

काठमाडौंमा विगत २५ दिनयता फोहोर उठ्न नसकेपछि फोहोर ब्यवस्थापनकै क्रममा बिग्रिएको सडक तत्काल निर्माण गरी सिसडोलमा त्यसको उचित व्यवस्था गर्ने प्रबन्ध गर्न काठमाडौं महानगरपालिका र नेपाल सरकारमाथि चर्को दवाव परेको छ।

प्रकाशित: Aug 31, 2021| 14:45 मंगलबार, भदौ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।