शुक्रबार, वैशाख १४, २०८१

प्रशंसकसँग झोक्किएपछि रानु मण्डल आलोचित

रानु मण्डलको चर्चा चलिरहँदा हालै भाइरल भएको उनको एक भिडियोले रानुका फ्यानहरुलाई निराश बनाएको छ ।
 |  बुधबार, कात्तिक २०, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २०, २०७६

एजेन्सी-  केही महिनाअघि भारतको रेल्वे स्टेशनमा गीत गाएर पेट पाल्ने रानु मण्डल एकाएक चर्चित भइन् ।

triton college

बलिउड गायिकाको रुपमा स्थापित भइन् । रानुले लता मंगेशकरको गीत स्टेशमा बसेर गाएकी थिइन् ।

रानुले रेलवे स्टेशनमा गाएको ‘एक प्यारका नगमा है’ बोलको गीतलाई अतिन्द्र चक्रवर्ती नामका युवाले रेकर्ड गरे र इन्टरनेटमा अपलोड गरे ।

यो गीत भाइरल भएपछि गायक संगीतकार हिमेश रेशमियाले उनलाई एउटा गीत रेकर्ड गराउने मौका दिए । त्यसपछि उनी थप चर्चित बनिन् ।
५९ बर्षिया रानुलाई उनको संघर्षको कथाका कारण धरैले सहानुभूति देखाए ।

उनको चर्चा चलिरहँदा हालै रानुको एक भिडियो सार्वजनिक भएको छ । त्यो भिडियोले चाहिँ रानुका फ्यानहरुलाई निराश बनाएको छ ।

corrent noodles
Metro Mart

भिडियोमा सुपर मार्केटमा सपिङ गर्न पुगेकी रानुलाई एक महिलाले छुँदै सेल्फी खिच्न आग्रह गर्छिन् । तर महिलाको सामान्य छुवाईबाट रानु रिसाउँछिन् । भिडियोमा आवाज स्पष्ट नभए पनि रानुको हाउभाउ अनुसार उनले उक्त महिलालाई आफूबाट टाढा रहन भनेको बुझिन्छ।

रानुले ‘यसरी छुनुको मतलब के हो ?’ भनेको आवाज चाहिँ भिडियोमा प्रष्टै सुन्न सकिन्छ ।

सामाजिक सञ्जालमा रानुको यो व्यवहारप्रति मिश्रित प्रतिक्रिया आइरहेको छ । कतिपयले रानुलाई ठिकै भनेका छन् भने कतिपयले चर्चित बनेपछि रानुको अहमता बढेको प्रतिक्रिया दिएका छन् ।

यसमा प्रतिक्रिया दिंदै एक जनाले सामाजिक सञ्जालमा लेखेका छन्, 'मलाई नछोऊ म सेलिब्रेटी हुः रानू मंडल। हामीले सेलिब्रेटी बनायौं र अब यिनको व्यवहार हेरु एक प्रयोगकर्ताले व्यंग्य गरेका छन्।'

प्रकाशित: Nov 06, 2019| 05:30 बुधबार, कात्तिक २०, २०७६
प्रतिक्रिया दिनुहोस्