शुक्रबार, वैशाख १४, २०८१

यस्तो छ आलम र न्यायाधीशबीचकाे सवालजबाफ

निकै ढिला गरि सुरु भएको पहिलो दिनको बयानका क्रममा आलमलाई न्यायाधीश दीपक ढकालले ९ वटा मात्रै प्रश्न गरेका छन् । त्यसपछि कार्यालय समय सकिएकाले उनको बयान रोकिएको छ ।
 |  बुधबार, कात्तिक २०, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २०, २०७६

राैतहट- बम विस्फोट र व्यक्ति हत्याको आरोपमा पक्राउ परेका पूर्वमन्त्री तथा निलम्वित सांसद मोहम्मद अफताव आलमसँग जिल्ला अदालत रौटहटले मंगलबारबाट बयान लिन सुरु गरेको छ ।

triton college

निकै ढिला गरि सुरु भएको पहिलो दिनको बयानका क्रममा आलमलाई न्यायाधीश दीपक ढकालले ९ वटा मात्रै प्रश्न गरेका छन् । त्यसपछि कार्यालय समय सकिएकाले उनको बयान रोकिएको छ ।

मंगबार रोकिएको बयान आज (बुधबार)बाट पुनः सुरु हुँदैछ । उनलाई बिहान साढे १० बजे अदालत लैजाने तयारी भएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

यस्ताे छ आलम र न्यायाधीशबीच सवाल जवाफ

न्यायाधीशः तपाईंको नामथर र वतन के हो?

corrent noodles
Metro Mart

आलमः मेरो नाम मोहम्मद अफताब आलम हो। मेरो घर राजपुर हो।

न्यायाधीशः वारदात भएको मिति २०६४ चैत २७ गते तपाईंले प्रयोग गरेको मोबाइल नम्बर कति थियो?

आलमः त्यस बेलाको मोबाइल नम्बर मलाई सम्झना छैन।

न्यायाधीशः तपाईंको जन्ममिति कति हो? कति वर्षको हुनुभयो?

आलमः म २०१९ सालमा जन्मेको हो। अहिले ५७ वर्षको भएँ।

न्यायाधीशः तपाईंको स्थायी ठेगाना कहाँ हो?

आलमः म राजपुर नगरपालिका ४ मा बस्छु।

न्यायाधीशः तपाईंले कुन विद्यालय र कलेजबाट कतिसम्म अध्ययन गर्नुभएको छ?

आलमः मैले बीएससीसम्म अध्ययन गरेको छु।

न्यायाधीशः तपाईं के काम, पेसा, व्यवसाय गर्नुहुन्छ?

आलमः मैले २०३६ सालदेखि राजनीति गरेको छु। मेरो अन्य पेसा–व्यवसाय छैन।

न्यायाधीशः तपाईं र तपाईंको अंशबण्डा नभएका परिवारका सदस्यका नाममा के कति चलअचल सम्पत्ति छ?

आलमः मेरो १२ जनाको सगोलको परिवार छ। मेरो परिवारजनको समेत नाममा जोडेर २२ बिघाजति जग्गा छ। चल सम्पत्ति खासै छैन।

न्यायाधीशः तपाईंको स्वास्थ्य अवस्था के छ? प्रहरी हिरासतमा कुनै किसिमको यातना दिएको छ कि छैन?

आलमः मेरो स्वास्थ्य ठीक छ। म रक्तचापको बिरामी हुँ। प्रहरीले मलाई कुनै किसिमको यातना दिएको छैन।

न्यायाधीशः तपाईंले कानुन व्यवसायी नियुक्त गर्नुभएको छ कि छैन? छैन भने तपाईंले निःशुल्क रूपमा कानुनी सहायता पाउन सक्नुहुन्छ भन्ने जानकारी तपाईंलाई छ कि छैन?

आलम? मैले आफ्नो कानुन व्यवसायी नियुक्त गरेको छु। उहाँहरूले नै मेरो पक्षमा मुद्दा लड्नुहुन्छ।

०००
निकै ढिलागरि सुरु गरिएको बयानका क्रममा मंगलबार न्यायाधीश ढकालले निलम्बित सांसद आलमसँग जम्मा ९ वटा मात्रै प्रश्न गरेका थिए । बाँकी प्रश्न र बयान आज चल्नेछ ।

आलम पक्षका कानुन व्यवसायीले मिसिलको फोटोकपी नपाएका कारणले मंगलबारको बयान ढिलागरि सुरु भएको हो । आठ सयभन्दा बढी पृष्ठको मिसिल फोटो कपी गर्न समय लागेकाले वितरणमा ढिलाइ भएको सरकारी वकिल कार्यालयले जनाएको छ।

आलमलाई ३२ वर्ष कैद माग गर्दै सोमबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। कर्तव्य ज्यान मुद्दामा २० वर्ष, ज्यान मार्ने उद्योगमा १० वर्ष र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा २ वर्ष कैद माग गरेर मुद्दा दर्ता गरिएको छ ।

प्रकाशित: Nov 06, 2019| 02:29 बुधबार, कात्तिक २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।