शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश प्रमुख हटाउने निर्णय संघीयता कार्यान्वयनमा ‘ब्रेक’

प्रदेश प्रमुख हटाउने निर्णय संघीयता कार्यान्वयनमा ‘ब्रेक’

प्रदेश प्रमुखको पदमुक्ति र नवनियुक्तिपछि प्रदेश २ को राजनीतिमा तरंग उत्पत्र गरेको छ।
 |  मंगलबार, कात्तिक १९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १९, २०७६

triton college
corrent noodles
Metro Mart
 
जनकपुरधाम- प्रदेश प्रमुखको पदमुक्ति र नवनियुक्तिपछि प्रदेश २ को राजनीतिमा तरंग उत्पत्र गरेको छ। प्रदेश प्रमुखलाई अचानक बरखास्त गर्ने संघीय सरकारको निर्णयलाई प्रदेश २ सरकारले संघीयता कार्यान्वयनमाथि ‘ब्रेकर’ को संज्ञा दिएको छ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले संघीय सरकारले प्रदेश प्रमुखलाई बर्खास्त गर्ने निर्णय अस्वाभाविक भएको बताएका छन्।
 
मन्त्री यादवले बिनाजानकारी प्रदेश प्रमुखहरु हटाइनु संघीय सरकारको त्रुटिपूर्ण निर्णय रहेको बताए। ‘प्रदेश प्रमुखहरु हटाउनुपर्ने खासै कुनै कारण म देख्दिनँ । संघीय सरकारको यो कदमले विभित्र शंका जन्माएको छ,’ मन्त्री यादवले नेपाल समयसँग भने। नेकपाको आन्तरिक किचलोका कारण संघीय सरकारले प्रदेश प्रमुख बर्खास्त गर्ने निर्णय गरेको उनको बुझाइ छ।

मन्त्री यादवले अचानक आएको निर्णयले सामान्य ढंगले संघीयता कार्यान्वयनको अभ्यास अगाडि बढिरहेका बेला शंकाको स्थिति उत्पत्र गरेको बताए।
 
शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश २ मा तत्कालीन संघीय समाजवादी पार्टीको तर्फबाट रत्नेश्वरलाल कायस्थलाई प्रदेश प्रमुखमा नियुक्त गरेका थियो। प्रदेश २ मा अहिले उपेन्द्र यादव अध्यक्ष रहेका समाजवादी पार्टी (तत्कालीन संघीय समाजवादी पार्टी) नेतृत्वको सरकार छ। यादव स्वयं संघीय सरकारमा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री छन् ।
 
राजनीतिक विश्लेषक लाभ भन्छन्  : अपेक्षित निर्णय
 
राजनीतिक विश्लेषक डा.सुरेन्द्र लाभले प्रदेश प्रमुखलाई बर्खास्त गर्ने संघीय सरकारको निर्णयलाई अपेक्षित घटना बताएका छन्। एउटा सरकारले गरेको नियुक्त अर्को सरकारले बर्खास्त गर्ने नेपालको राजनीतिक संस्कारअनुसार यस्तो निर्णय भएको उनको भनाइ छ।

‘सरकार र व्यवस्था परिवर्तन भए पनि राजनीतिक संस्कार परिवर्तन हुन सकेको छैन,’ लाभ भन्छन्, ‘नेपाली कांग्रेसको सरकारले गरेको प्रदेश प्रमुखहरुको नियुक्ति नेकपाको सरकारले रद्द गरेको छ, एकले गरेको नियुक्ति अर्को सरकारले रद्द गर्नु हाम्रो देशमा राजनीतिक संस्कार बनिसकेको छ। यस्तो हुन्छ भनेर अपेक्षित नै थियो ।’
 
यद्यपि प्रदेश प्रमुख हटाउने निर्णयबारे अन्य प्रदेशमा खासै फरक नपरे पनि प्रदेश २ मा भने राजनीतिक उथलपुथलको सम्भावना बढेको उनको भनाइ छ।
 
‘तत्कालीन फोरमको कोटाबाट प्रदेश २ मा प्रदेश प्रमुख नियुक्त हुनुभएको थियो। संघीय सरकारले उहाँलाई बर्खास्त गरेको छ,’ लाभले भने, ‘उपेन्द्र यादवजी उपप्रधानमन्त्री हुनुहुन्छ। उहाँले आफ्नै पार्टीबाट प्रदेश प्रमुखमा नियुक्त हुनुभएका रत्नेश्वरलाल कायस्थलाई जोगाउन सक्नु भएन। उहाँमाथि नैतिक संकट थपिएको छ।’
प्रकाशित: Nov 05, 2019| 07:48 मंगलबार, कात्तिक १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।