शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • भिडियो
  • खरिद गरेर पनि प्रयोग गर्न नजानेको हतियार अर्थात् युभेन्टसका रोनाल्डो

खरिद गरेर पनि प्रयोग गर्न नजानेको हतियार अर्थात् युभेन्टसका रोनाल्डो

युनाइटेड आएपछि रोनाल्डोले ६ सिजन खेले। उनी सोही क्लबबाट विश्व फुटबल स्टारका रूपमा स्थापित भए। युनाइटेडको जर्सीबाट खेल्दा उनले जित्न बाँकी केही थिएन।
 |  मंगलबार, भदौ १५, २०७८

विनय सापकोटा

विनय सापकोटा

मंगलबार, भदौ १५, २०७८

काठमाडौं – ‘युभेन्टसले एक परमाणु हतियार किनेको थियो। तर, कसरी प्रयोग गर्ने थाहै पाएन,’ यो भनाइ हो– रोमाका प्रशिक्षक जोसे माउरिन्होको। सन्दर्भ हो– युभेन्टस र क्रिस्टियानो रोनाल्डोको। युभेन्टसको ‘मिसन रोनाल्डो र च्याम्पियन्स लिग’ कसरी असफल बन्यो? यो प्रश्नको विश्लेषण माउरिन्हो बाहेक सायदै अरुले गर्छ, गर्नेछ। माउरिन्हो तिनै प्रशिक्षक हुन्, जसले रोनाल्डोलाई रियल मड्रिडमा प्रशिक्षण दिएका थिए।

triton college

रोनाल्डोले हालै युभेन्टस छोडेर पूर्वक्लब म्यानचेस्टर युनाइटेडतर्फको यात्रा तय गरेका छन्। युभेन्टसको महत्त्वाकांक्षी मिसन असफल भइसकेको छ। 

सन् २०१८ रसिया विश्वकप भर्खरै सकिएको थियो। व्यावसायिक फुटबलको सिजन र विश्वकप दुवै सकिएपछि खेलाडी छुट्टीमा थिए। खेलाडी सरुवा बजार खुलिसकेको थियो। त्यही मेसोमा एउटा हल्ला चल्यो– रियल मड्रिडका सर्वाधिक गोलकर्ता क्रिस्टियानो रोनाल्डोले क्लब छोड्दैछन्।  

रियल मड्रिडले आफ्ना भेट्रान स्ट्राइकरलाई १०० मिलियन युरोमा युभेन्टेन्समा बेच्यो र रोनाल्डोले चार वर्षको सम्झौता गरे। युभेन्टसले रोनाल्डोलाई किन अनुबन्ध गर्‍यो त? यसको जवाफ छ– च्याम्पियन्स लिग जित्न।

र, रोनाल्डोलाई अनुबन्ध गर्ने दौडमा छ– इटालियन क्लब युभेन्टस। धेरैलाई लाग्यो– यो गसिप मात्र हो। किनकि रोनाल्डोले रियल मड्रिडबाट सफलता पाएकै थिए, पाइरहेकै थिए। तर, रोनाल्डो नयाँ चुनौती स्वीकार गर्न तयार भए र १० जुलाई २०१८ मा टुरिनको यात्रा तय गरे। 

रियल मड्रिडले आफ्ना भेट्रान स्ट्राइकरलाई १०० मिलियन युरोमा युभेन्टेन्समा बेच्यो र रोनाल्डोले चार वर्षको सम्झौता गरे। युभेन्टसले रोनाल्डोलाई किन अनुबन्ध गर्‍यो त? यसको जवाफ छ– च्याम्पियन्स लिग जित्न। इटालियन  फुटबलमा एकछत्र राज गरिरहेको युभेन्टसको च्याम्पियन्स लिग जित्ने अभिलाषा स्वाभाविक पनि हो। किनकि रोनाल्डोलाई अनुबन्ध गरिरहँदा २२ वर्षदेखि च्याम्पियन्स लिग जित्न नसकेको तितो अतीत पनि त युभेन्टसको थियो। 

corrent noodles
Metro Mart

पछिल्लो पटक युभेन्टसले युरोपियन च्याम्पियन्स लिगमा सबैभन्दा राम्रो प्रदर्शन गरेको सन् २०१६–१७ को सिजनमा हो। त्यो सिजनमा ऊ फाइनलसम्म पुगेको थियो।


एक समय थियो युभेन्टस च्याम्पियन्स लिगमा खरो निस्किन्थ्यो। त्यो १९९५ देखि २००० सम्म थियो। १९९५–९६, १९९६–९७ र १९९७–९८ मा युभेन्टस लगातार तीन सिजन च्याम्पियन्स लिगको फाइनल पुग्यो। अनि त्यसको अर्को वर्ष सेमिफाइनलसम्म।

युभेन्टसले १९९६ मा आयाक्सलाई हराउँदै उपाधि जितेको थियो। त्यसपछिको सिजनमा उसले फाइनलमा बोरुसिया डर्टमन्डसँग १–३ गोलको हार व्यहोर्‍यो। लगातार तेस्रो पटक फाइनल पुगेको युभेन्टसलाई रियल मड्रिडले १–० गोलअन्तरले हरायो।

च्याम्पियन्स लिगमा युभेन्टसको यस्तो वियोगान्तको कथा थियो, जसले क्लब र समर्थक दुवै निराश र हतास थिए। यो शताब्दीको सुरुदेखि अहिलेसम्म तीन पटक च्याम्पियन्स लिगको फाइनल तय गरेपछि उपाधि भने जित्न सकिरहेको थिएन। २००२–०३, २०१५–१६ र २०१६–१७ मा फाइनल यात्रा तय गरेपछि उपाधि चुम्न असफल बन्दा टुरिनमा निराशाको बादल मडारिरहेको थियो। युभेन्टस हरेक सिजनको उपाधि दाबेदारका  रुपमा प्रस्तुत हुन्थ्यो, तर पराजित भएर निराश हुन्थ्यो।

पछिल्लो २५ वर्षमा पाँच फाइनल यात्रा तय गरेको युभेन्टस एकातिर च्याम्पियन्स लिग जित्न असफल भइरहँदा घरेलु लिगमा भने उसकै कब्जा थियो। र, त उसले सन् २०११ यता हरेक सिजन घरेलु लिग जितिरहेको थियो।

घरेलु लिग सधैं जितेपछि त्यो विजयको उत्साह पनि कम हुँदै थियो। उसलाई केही नयाँ जित्नु थियो। र, त्यसका लागि एउटा खतरनाक हतियार चाहिएको थियो। जसले प्रतिद्वन्द्वीलाई परास्त गरोस् र च्याम्पियन्स लिगको ट्रफी जिताओस्। त्यो बेला च्याम्पियन्स लिग जिताउन सक्ने कोही थियो भने रोनाल्डो। यसका पछि भरपर्दा तथ्यांक पनि थिए। रोनाल्डोको प्रेरणामा रियल मड्रिडले लगातार तीन पटक च्याम्पियन लिग जितेको थियो। 

च्याम्पियन्स लिगमा जितको भोक र सफलता रोनाल्डोबाहेक सायदै अरु कसैसँग थियो। उनी च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता पनि त थिए। यी सबै तथ्यलाई नजिकबाट नियालिरहेको युभेन्टसले अन्ततः रोनाल्डोलाई अनुबन्ध गरिछाड्यो। 

म्यानचेस्टर युनाइटेड र रियल मड्रिडबाट च्याम्पियन्स लिग जितिसकेका रोनाल्डो फरक देशको क्लबबाट च्याम्पियन्स लिग जित्न चाहन्थे। तर, न रोनाल्डोको सपना पूरा भयो, न त युभेन्टसको नै। रोनाल्डो सम्मेलित युभेन्टस क्वार्टरफाइनलमाथि पुग्नै सकेन। क्लबले च्याम्पियन्स लिग सपना पूरा गर्न मासिमियालानो एलेग्री, माउरिसियो सारी र आन्द्रे पिर्लोलाई प्रशिक्षक बनायो। तर, तीन जना प्रशिक्षकले उनलाई प्रयोग गर्न सकेनन्। 

क्लबमा रोनाल्डोको खेल एक धारको र अन्य खेलाडीको खेल अर्के धारको देखिन थाल्यो। कतिपय खेलाडीले त आरोप नै लगाए– रोनाल्डो निकै स्वार्थी खेलाडी हुन्। उनी आफ्नो गोलबारे मात्र सोच्छन्।
रोनाल्डो क्लबमा पुगेपछि युभेन्टसको खेल रणनीति रोनाल्डोका पक्षमा बन्न थल्यो। जसले पुराना खेलाडी अभ्यस्त बन्न सकेनन्। पाउलो डिबाला लगायतका खेलाडी रोनाल्डोको छायामा पर्न थाले।

क्लबमा रोनाल्डोको खेल एक धारको र अन्य खेलाडीको खेल अर्के धारको देखिन थाल्यो। कतिपय खेलाडीले त आरोप नै लगाए– रोनाल्डो निकै स्वार्थी खेलाडी हुन्। उनी आफ्नो गोलबारे मात्र सोच्छन्।

बजारमा जे जस्तो हल्ला चले पनि युभेन्टसको ‘मिसन रोनाल्डो र च्याम्पियन्स लिग’ चाहिँ पूर्ण रूपमा असफल भएको भने सत्य हो। 

पूर्वक्लबतर्फको यात्रा

इटालीमा तीन सिजन बिताएर रोनाल्डो इंग्ल्यान्ड आएका छन्। पूर्वक्लब म्यानचेस्टर युनाइटेडले उनलाई न्यानो स्वागत गरेको छ। रोनाल्डोले युभेन्टस किन छाडे त? सिनियर फुटबल लेखक साइमन बोर्ग लेख्छन्, ‘रोनाल्डो आफ्नो ब्रान्ड र लिगेसीको निकै विचार गर्छन्। उनी सर्वकालीन सर्वोेत्कृष्ट खेलाडी बन्न चाहन्छन्। उनी आउँदो दुई वा तीन वर्षमा ठूलो उपाधि जित्न चाहन्छन्, जसले उनका प्रतिस्पर्धी लियोनल मेस्सीलाई छायामा पार्न सकोस्। जुन उनले युभेन्टसबाट सम्भव देखेनन्।’

च्याम्पियन्स लिगमा १३४ गोल गरेर सर्वाधिक गोलकर्ता बनेका रोनाल्डो पाँच पटक उपाधि जितेका छन्। युभेन्टसमा रहँदा उनले १३४ खेलमा १०१ गोल गरे। उनी युभेन्टसमा सबैभन्दा छिटो सय गोल गर्ने खेलाडी समेत बने। उनले युभेन्टसलाई तीन घरेलु उपाधि दिलाए। युभेन्टस र उनको आफ्नै च्याम्पियन्स लिग जित्ने सपना भने पूरा हुन सकेन। 


जसका कारण रोनाल्डोले युभेन्टस छोडे र उनको यात्रा म्यानचेस्टर युनाइटेडतर्फ मोडियो। हुन त उनलाई पेरिस सेन्ट जर्मेन (पीएसजी) र म्यानचेस्टर सिटीले समेत अनुबन्धको प्रयास नगरेका होइनन्। यो दौडमा सबैभन्दा अगाडि म्यान सिटी नै थियो। शुक्रबार दिउँसोसम्म रोनाल्डो म्यानसिटी आउने पक्कापक्की भएको समाचारले सञ्चारमाध्यम भरिएका थिए। तर, सोही साँझ कथाले एकाएक नयाँ मोड लियो। र, म्यानचेस्टर युनाइटेडले रोनाल्डोलाई अनुबन्ध गरको घोषणा गर्‍यो।  

सन् २००३ मा पोर्चुगलको स्पोर्टिङ सिपीमा खेलिरहेका रोनाल्डोलाई किन्न थुप्रै क्लबले प्रतिस्पर्धा गरेका थिए। तर, त्यो बेला पनि युनाइटेडले बाजी मारेको थियो। युनाइटेड आएपछि रोनाल्डोले ६ सिजन खेले। उनी सोही क्लबबाट विश्व फुटबल स्टारका रूपमा स्थापित भए। युनाइटेडको जर्सीबाट खेल्दा उनले जित्न बाँकी केही थिएन। च्याम्पियन्स लिगदेखि घरेलु उपाधि, घरेलु कपसम्मका सबै उपाधि जितेपछि उनले सन् २००८ मा बालोन डि’ओर जिते। युनाइटेडमा उनले गरेको सनसनीपूर्ण प्रदर्शन हेरेरै सन् २००९–१० को सिजनमा रियलले विश्व किर्तिमानी रकम ९४ मिलियन युरो खर्चेर अनुबन्ध गरेको थियो।  

जसरी रोनाल्डोले युनाइटेडमा सफलता हात पारेका थिए। त्यो सिलसिला रियलमा पनि रोकिएन। अझ सफलताको कथा रियलमा थपिन थाल्यो। र, त उनी लिजेन्डको छवि बनाएर सन् २०१८ मा रियलबाट बाहिरिए। 

रोनाल्डो अनुबन्धको घोषणा गरेपछि युनाइटेडको अफिसियल वेबसाइट नै  क्र्यास भएको थियो। रोनाल्डो अनुबन्धको घोषणासहितको गरिएको ट्विट एक घण्टामा एक मिलियनले लाइक गरेका थिए। 

सर एलेक्स फर्गुसनले छोडेपछि युनाइटेडको लय एकनासको भएन। सन् २०१३ यता प्रिमियर लिगयता घरेलु लिगको स्वाद चाख्न पाएको छैन। सन् २०१७ यता त युनाइटेड उपाधिविहीन छ। अब रोनाल्डोको पुनरागमनले युनाइटेडमा उपाधिको आशा बढेको छ। वल्र्ड टार्फोड रोनाल्डोको प्रदर्शनमा झुम्न तम्तयार छ।

त्यसको संकेत उनको अनुबन्धको घोषणाको दिनबाटै देखिएको छ। रोनाल्डो अनुबन्धको घोषणा गरेपछि युनाइटेडको अफिसियल वेबसाइट नै क्र्यास भएको थियो। रोनाल्डो अनुबन्धको घोषणासहितको गरिएको ट्विट एक घण्टामा एक मिलियनले लाइक गरेका थिए। 

रोनाल्डोको पुनरागमनको घोषणापछि युनाइटेडको सेयरसमेत बढेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अमेरिकाको न्युयोर्क ट्रेडिङमा युनाइटेडको कुल सेयर पुँजीको ८ प्रतिशतले बढेको छ। 

रोनाल्डो तीन वर्षअघि युभेन्टसमा अनुबन्ध हुँदा क्लबको सेयर मूल्य ह्वात्तै बढेको थियो। रोनाल्डो अनुबन्ध हुनुअघि ०.६९ युरो रहेको युभेन्टसको सेयर मूल्य १२७ प्रतिशतले बढेर १.५७ प्रतिशत पुगेको थियो। 

रोनाल्डोको पुनरागमनले युनाइटेडलाई व्यावसायिक फाइदा हुने नै छ। त्योसँगै ठूला उपाधि जित्ने आत्मविश्वास पनि पलाएको छ। र, रोनाल्डोको जादुमयी प्रदर्शनमा झुम्न वल्र्ड ट्रार्फोड तम्तयार भएको छ। 

(एजेन्सीहरुको सहयोगमा)

प्रकाशित: Aug 31, 2021| 10:48 मंगलबार, भदौ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।