शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सचिवालय र मन्त्रिपरिषद् बैठक बस्दै, प्रदेश प्रमुखको नियुक्ति मुख्य एजेण्डा

सचिवालय र मन्त्रिपरिषद् बैठक बस्दै, प्रदेश प्रमुखको नियुक्ति मुख्य एजेण्डा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नयाँ प्रदेश प्रमुख नियुक्तिको विषयमा निर्णय लिन आज (साेमबार) मन्त्रिपरिषद्को बैठक बस्दै छ । 

हिजो (आइतार) सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदबाट बर्खास्त गरेसँगै आज नयाँ नियुक्तिका लागि मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । 

हिजो नै नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरिए पनि सत्तारुढ पार्टी भित्रै आन्तरिक सहमति हुन नसकेकाले बैठक स्थगित भएको थियो । स्थगित बैठक आज मध्यान्हपछि बस्ने प्रधानमन्त्री केपीशर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
 
यस्तै मन्त्रिपरिषद्को बैठक अघि सत्तारुढ नेकपाको सचिवालय बैठक बस्दै छ । बिहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रदेश प्रमुखहरुको छनोटका विषयमा सहमति खोजिने नेताहरुले बताएका छन् ।
 
हिजै नियुक्तिको तयारी गरिएपनि नेकपाभित्र सहमति हुन नसकेपछि आज सचिवालय बैठक बस्न लागेको हो । सचिवालय बैठकले नयाँ प्रदेश प्रमुखको नाममा सहमति गरेसँगै मन्त्रीपरिषद बैठक बसेर नियुक्तीको निर्णय गर्ने भएको छ ।
 
राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो सरकारको सिफारिसमा सातै प्रदेशका प्रमुखलाई हटाएपछि पद रिक्त रहेको छ । प्रदेश प्रमुखमा अमिक शेरचन, अमृत बोहोरा, महेन्द्र पाण्डेलगायतका नेताहरुको नाम चर्चामा छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।