शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नेकपाले टुंग्यायाे उम्मेदवार : कास्कीमा अधिकारी पत्नी, दाङमा वली पत्नी

नेकपाले टुंग्यायाे उम्मेदवार : कास्कीमा अधिकारी पत्नी, दाङमा वली पत्नी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले आगामी उपनिर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुको टुंगो लगाएको छ।

आइतबार बालुवाटारमा बसेको सचिवालय बैठकले उम्मेदवारहरुको टुंगो लगाएको हो।

बैठकले कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। भट्टराई दिवंगत मन्त्री एवम् सोही निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद रवीन्द्र अधिकारीकी पत्नी हुन्।

त्यस्तै प्रदेश सभा सदस्यका लागि दाङ ३ (ख) मा विमला वलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। वली सोही निर्वाचन क्षेत्रबाट निर्वाचित दिवंगत सांसद उत्तरकुमार वलीकी पत्नी हुन्।

त्यसैगरी भक्तपुर १ (क) मा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाउने निर्णय नेकपाले गरेको छ।

नेकपाले बाग्लुङ २ ख मा भने राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ।

त्यस्तै धरान उपमहानरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय नेकपाले गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।